काठमाडौं । राष्ट्रिय युवा प्रतिष्ठानको साधारण सभा सम्पन्न भएको छ । “राष्ट्रिय स्वाभिमानका लागि नागरिक खबरदारी” भन्ने मूल नारा लिएर गठन भएको प्रतिष्ठानको साधारण सभाले मिलन शमसेर रोकाको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति गठन गरेको छ ।
नयाँ गठित कार्यसमितिमा उपाध्याक्ष देवेन्द« पौडेल र बिपिन विक्रम शाह, महासचिवमा दिपक काफ्ले, सचिवमा राजु लामिछाने, कोषाध्याक्षमा धरम ब. महतरा र सदस्यहरुमा सुमन महर्जन, डा. प्रमेश ढकाल, विबेक सिंह, रमेश बि.क, प्रेमलाल थारु, अमृत राना क्षेत्री रहेका छन् ।
नवनिर्वाचत अध्यक्ष रोकाले राष्ट्रिय स्वाभिमानका लागि नागरिक खवरदारी गर्न युवा एकता अपरिहार्य भएको बताए । युवाको रगत–पसिनाले विदेशभूमि सम्पन्न भएको बताउँदै रोकाल खाडी मुलुक र युरोप–अमेरिका जाने युवाहरुलाई नेपालमै भविष्य छ भन्ने आधार खडा गर्न सक्नुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया