चीनमा अनौठो शल्यक्रिया : जनावरको कर्निया मानिसको आँखामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ पुष २०७२, आईतवार १३:१५

eyeकाठमाडौँ (एजेन्सी) ।  चीनियाँ चिकित्सकहरूले जनावरको कोर्नियामार्पत मानिसको आँखाको ज्योति फिर्ता गरेका छन् । चीनमा एक बिरामीको आँखामा जनावरको कोर्निया राखेपछि ती व्यक्तिले देख्न थालेको बताइएको छ । यस्तो सफलतापछि अब करोडौ मानिसहरूले आफ्नो आँखाको ज्योती फर्कने अवसर पाउन सक्नेछन् ।

शेगडोंग आई इन्टिट्युटका डिकित्सकहरूले १० वर्षको कडा मेहेनतपछि उक्त कोर्निया तयार गरेका थिए । यसलाई एकोर्निया नाम दिइएको छ । यसको प्रत्यारोपन यसै वर्षको सेप्टेम्बरमा गरिएको थियो । कोर्निया डिभिजनका निर्देशक झाई हआलीले तीन महिनाको रिकभरी समय बितेपछि बिमारीको आँखामा ज्योती फर्किएको र बिस्तारै बढ्दै गएको बताएका छन् । यसको अर्थ उक्त प्रत्यारोपन सफल भएको छ ।

चीनका ६० वर्षीय वान्ग झिंयीको आँखामा उक्त प्रत्यारोपण गरिएको थियो । उनले केही समय देखी एउटा आँखाले देख्न छाडेका थिए । त्यही समयमा एकोर्नियाको उनको आँखामा प्रयोग गरिएको हो । ती व्यक्तिको आँखाको कर्नियामा अल्सर भएका कारण उनले देख्न छाडेका थिए ।

उनी मात्र १० सेन्टिमिटरको दूरीको वस्तुमात्र देख्न सक्थे । चिकित्सकले उनले उक्त आँखाले देख्न छाड्न सक्ने बताएका थिए । सोही समयमा एकोर्नियाको प्रयोग गरिएको थियो । वान्गलाई सुगुरको कर्नियाबाट बनेको एकोर्निया लगाइदिइएको छ । नयाँ कोर्नियाले उनले पहिले भन्दा राम्रो देख्न थालेको बताएका छन् ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार ट्रान्सप्लान्टमा बायो इन्जिनियरिङ प्रविधीले कर्नियामा परिवर्तन गरिएको थियो । यो वर्ष अप्रिलमा चीनको खाद्य एवं औषधी विभागले यसको उपयोगको मन्जुरी दिएको थियो । यसलाई तयार गर्नका लागि लागि सुगुरको कर्निया मुख्य रूपमा प्रयोग गरिएको थियो । एकोर्नियाको कोशीका, हाइब्रिड प्रोटिन र अन्य एन्टिजनबाट अलग गरिएको थियो ।

यस प्रक्रियापछि मात्र प्राकृतिक संरचनालाई बनाउने प्रोटिन बाँकी रहेको थियो, जुन बायोलोजिकल सुरक्षित र अनुकुल थियो । बेइजिङको टनग्रेन अस्पताल र वुहानको झीही अस्पताल समेत केही संस्थानहरू पछिल्लो पाँच वर्षदेखी एकर्नियाको प्रत्यारोपनको लागि क्लिनिकल प्रयोग गरिरहेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २८, २०८१