कम्तिमा महिनाकाे २१ पटक शारीरिक सम्पर्क राख्दा क्यान्सर नहुने !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ पुष २०७२, आईतवार ११:२४

Prostate-cancerएजेन्सी । एक नयाँ अध्ययनबाट पत्ता लागेको छ कि नियमित सेक्स गर्ने व्यक्तिमा ‘प्रोस्टेट क्यान्सर’ हुने सम्भावना निकै कम हुन्छ । विश्वकै चर्चित पत्रिका मिररमा प्रकाशित रिपोर्टअनुसार नियमित वा महिनामा कम्तिमा २१ पटक वीर्य स्खलन गर्ने व्यक्तिलाई प्रेस्टेट क्यान्सर हुने सम्भावना अन्यको तुलनामा २२ प्रतिशत कम हुन्छ । हर्वार्ड मेडिकल स्कूल ब्रिगम एण्ड विमेन्स हस्पिटलकी जेनिफर राईडरले भनिन्, ‘यो वीर्यस्खलनको सम्भावित लाभबारे अहिलेसम्मको सबैभन्दा रोचक डेटा हो । यद्यपी यसको सावधानीपूर्वक व्याख्या गर्नु जरुरी छ ।’ यस अध्ययनको निष्कर्ष उत्साहजनक रहेको उनको दावी छ । वर्ल्ड क्यान्सर रिसर्च फण्ड इन्टरनेशनलका अनुसार सन २०१२ मा प्रोटेस्ट क्यान्सरका ११ लाख घटना सार्वजनिक भएका थिए । जुन नयाँ पत्ता लागेका क्यान्सरको ८ प्रतिशत र पुरुषतर्फ १५ प्रतिशत थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१