कोरियामा गंगाको माग बढ्दो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ पुष २०७२, आईतवार ११:१३

‘आलोक नेम्वाङ निर्देशित म्युजिक भिडियोमा अभिनय गर्ने प्रस्ताव आएको थियो,’ मोडल गंगा खतिवडाले नेपालमै रहँदाको अतीत सम्झिन्, ‘प्रस्ताव आएको केही समयपछि म कोरिया आएँ । कोरिया आएपछि हेयर सपका लागि फोटोसेसन गर्ने प्रस्ताव आयो । सहर्ष स्वीकारें । त्यसपछि काममै व्यस्त रहें । म्युजिक भिडियोमा अभिनयका लागि प्रस्ताव धेरै आए । तर, भ्याइनँ । हिजोआज समय अनुकूल पारेर एकाध म्युजिक भिडियोमा अभिनय गर्दै आएकी छु ।’

सन् २०१० मा कोरिया पुगेकी मोडल खतिवडाले २०१२ मा कोरियाली हेयर सपका लागि फोटोसेसन गर्ने अवसर पाएकी हुन् । फोटोसेसन गरेबापत एक लाख कोरियन वन पारिश्रमिक पाएको उनले बिर्सेकी छैनन् । हात लागेको पारिश्रमिक उनले कसरी सदुपयोग गरिन् ? उनले सुनाइन्, ‘सनग्लास किनेकी थिएँ ।’

हेयर सपका लागि फोटोसेसनपछि म पनि केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेको उनले बताइन् । ‘यदाकदा म्युजिक भिडियोमा अभिनय गरे पनि प्रस्ताव भने बाक्लै आउने गरेको छ,’ उनले आफ्नो बाध्यता सुनाइन्, ‘कोरियामै त समय मिलाउन साइत जुराउनुपर्छ भने अभिनयका लागि कोरियाबाहिर जाने सम्भावना छैन । गायिका रेजिना रिमालको गीतको म्युजिक भिडियोमा अभिनय गर्न दुबई बोलाइएको थियो । तर, जान सकिनँ ।’

ganga khatiwada (8)मोडल गंगा खतिवडाको लोकप्रियता हिमालसरी अग्लिँदै गएको छ । उनले विद्यालय बिदाका दिन गाउँ (ताप्लेजुङ, फुङलिङबजार) भरिका साथीभाइ बोलाएर नायिकाले गरेको अभिनयको नक्कल गरेर देखाउन खप्पीस थिइन् । उनले भनिन्, ‘अभिनय हेर्न आउने प्रत्येकबाट दुई रुपैयाँ संकलन गर्थें । संकलित रुपैयाँ साथीभाइ मिलेर चक्लेट, बिस्कुट खान्थ्यौं ।’

दस जोड दुईसम्मको अध्ययन पार लगाएकी र व्युटीपार्लरसम्बन्धी गहिरो ज्ञान भएकी उनले मोडलिङलाई व्यवसाय नबनाएर रहरमात्रै पूरा गरेको बताइन् । कोरियामा मोडलिङमा लागेरमात्रै जीविकोपार्जन गर्न सम्भव छैन । सुरु–सुरुमा म्युजिक भिडियोमा सित्तैमा अभिनय गरे पनि उनले हिजोआज एक म्युजिक भिडियोमा अभिनय गरेबापत ३ लाख कोरियन वन पारिश्रमिक तोकेकी छन् ।

पछिल्लो समय दक्षिण कोरियामा म्युजिक भिडियो छायांकन गर्नेक्रम बढेको छ । नेपालका गायक–गायिकासमेत कोरियाका रमणीय स्थलमा म्युजिक भिडियो छायांकन गर्ने लोभिने गरेका छन् । त्यतिमात्रै होइन, विभिन्न शीर्षकमा कोरिया पुगेकाले स्वदेश फर्कंदा ‘रेमिट्यान्स’ त भित्र्याउँछन् नै त्यसको अलावा विविध विधामा लोभलाग्दो परिचयसमेत बनाउने गरेका छन् । त्यसैमध्येकी एक हुन्– गंगा खतिवडा । कोरियामा छायांकन गरिने म्युजिक भिडियोका लागि खतिवडा सधैं रोजाइमा पर्ने गरेकी छन् ।

(हेर्नुहोस् कोरियाकी चर्चित मोडल गंगा खतिवडाको फोटो फिचर)

ganga khatiwada (20)

ganga khatiwada (19)ganga khatiwada (18)

ganga khatiwada (17)ganga khatiwada (16)ganga khatiwada (12)ganga khatiwada (11)ganga khatiwada (7)ganga khatiwada (6)ganga khatiwada (5)ganga khatiwada (4)ganga khatiwada (3)ganga khatiwada (2)

nayapage बाट

यसमा तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१