चिसोले बाबुछोरासहित तीन भूकम्पपीडितको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ पुष २०७२, शनिबार ०९:३९
nuwakotविदुर ।  चिसोले नुवाकोटमा बाबुछोरासहित तीनजना भूकम्पपीडितको मृत्यु भएको छ।
दाङसिंहमा बाबुछोरासहित दुई र खानीगाउँ गाविसमा एकजना भूकम्पपीडितको चिसोका कारण मृत्यु भएको हो।टहरामा बस्दै आएका भूकम्पपीडित चिसोकै कारण धमाधम बिरामी पनि पर्न थालेका छन्।
 शुक्रबारसम्म चिसोले नुवाकोटका दुई स्थानका तीनजनाको मृत्यु भएको जानकारी स्थानीयले दिएका छन्।चिसोले बिरामी भई उपचारका क्रममा शुक्रबार खानीगाउँ गाविस ५ बगरबजारका ४४ वर्षीय काजी गिरीको मृत्यु भएको हो।
विदुरस्थित नुवाकोट सिटी अस्पताल एन्ड रिसर्च सेन्टरमा उपचारका क्रममा उनको मृत्यु भएको जानकारी स्थानीय भीम ढकालले दिए । चिकित्सकले गिरीको चिसोकै कारण मृत्यु भएको जनाएका छन्।
यस्तै दाङसिंह गाविस ७ पुरानोगाउँमा चिसोले बाबुछोराको मृत्यु भएको छ। चिसोले ५२ वर्षीय जितबहादुर सुनार र उनका बाबु ८३ वर्षीय भैरवबहादुर सुनारको मृत्यु भएको जानकारी स्थानीय धनबहादुर तामाङले दिए।
-अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया