यु–१९ नेपाली क्रिकेट टोलीद्वारा हिमान्चल ८ विकेटले पराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ पुष २०७२, शनिबार ०९:१४
खेलअन्डर १९ नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा भारतको हिमान्चल प्रदेशको क्रिकेट एसोसिएसन ११ लाई ८ विकेटले पराजित गरेको छ।
भारतको धर्मशाला स्टेडियममा हिमान्चल प्रदेशले दिएको एक सय ६७ रनको विजयी लक्ष्य नेपालले २८ दशमलब ४ ओभरमा २ विकेट गुमाएर भेट्टाएको हो। वर्षाका कारण ३० ओभरमा छोट्टाइएको खेलमा नेपालका लागि सुनिल धमलाले नटआउट सतक प्रहार गरे।
८६ बलको सामना गरेका धमलाले १०० रन बनाएका हुन्। यस्तै योगेन्द्र सिंह कार्कीले ३५ रन जोड्दा राजु रिजालले नटआउट २६ रनको योगदान दिए। नेपालका ओप्नर ब्याट्स म्यान इसान पाण्डे भने सून्य रनमै बेभिलियन फर्किएका थिए।
यसअघि व्याटिङ गरेको हिमान्चल प्रदेश क्रिकेट एशोशिएशन ११ ले पुरै ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो। हिमान्चललाई सस्तैमा समेट्न नेपालका सुशील कँडेल र प्रेम तामाङले समान २–२ विकेट लिए भने सुनिल धमला,सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले १–१ विकेट लिएका थिए।
अन्डर १९ नेपाली राष्ट्रिय क्रिकेट टोली बंगलादेशमा हुने अन्डर १९ विश्वकप क्रिकेटको तयारीका लागि प्रशिक्षण तथा अभ्यास खेल खेल्न भारत पुगेको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१