काठमाडौं । शान्ति तथा पुनर्निर्माण मन्त्रि एकनाथ ढकालले आज सत्य निरुपण तथा मेलमिलाप आयोगको स्थलगत भ्रमण गर्नु भएको छ । आयोगका अध्यक्ष सुर्य किरण गुरुङले मन्त्रि ढकाललाई स्वागत गर्दै आयोगको स्वायत्तता र स्वतन्त्रता कायम गर्दै साधन श्रोत र जनसक्ति सम्पन्न बनाइदिन आग्रह गर्नु भयो । मन्त्रि ढकालले मुलुकको ऎतिहसिक शान्ति प्रकृयाको एक महत्वपुर्ण पाटोको जिम्बेवारी आयोगको भयको बताउदै उक्त जिम्बेवारी पुरा गर्न आयोगका पदाधिकारीहरु सफल हुने बिश्वाश ब्यक्त गर्दै आयोगका आबस्यकताहरु पुरा गर्न पहल गर्ने बताउनु भयो । मन्त्रि ढकालले आयोगको नियमावली छिट्टै मन्त्रिपरिषद वाट पारित हुने भन्दै संक्रमणकालिन न्यायको सिद्धान्त अनुसारनै नियमावली आउने बताउनु भयो।
प्रतिक्रिया