महिलाले यसकारण पिउनुहुँदैन रक्सी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ पुष २०७२, शुक्रबार १३:४९
lady-with-alchoholकाठमाडौं । हामी सबैलाई थाहा छ, रक्सी तथा चुरोटको सेवन शरीरको लागि अत्यधिक हानिकारक छ । तर पनि हामीमध्ये धेरैले रक्सी र चुरोट सेवन गर्दछौं । तर हालसालै गरिएको एक नयाँ अध्ययनकाअनुसार रक्सी सेवन पुरुषभन्दा महिलाका लागि बढी हानिकारक हुने तथ्य बाहिर आएको छ ।
 
अध्ययनका अनुसार रक्सीको अत्यधिक सेवनले महिलामा डिहाइड्रेसन हुने खतरा बढी हुन्छ । रक्सीको सेवनले महिलाको शरीरमा हर्मोनहरुको सन्तुलनमा पनि गडबडी ल्याउँछ । रक्सीसँगै र रक्सीसेवन पछि अत्यधिक खानेकुरा खानाले यसबाट शरीरको तौल पनि बढ्दछ ।
 
महिलाले रक्सी सेवन गर्दा पुरुषलाई भन्दा बढी कलेजो र मष्तिष्कमा खराबी आउने सम्भावना बढ्दछ । रक्सीले महिलाको पाचन प्रणालीमा पनि गडबडी ल्याउँछ । यसबाट महिलालाई समयमै निद्रा पनि पर्दैन । यसले मनमा खिन्नता बढ्दछ । त्यसो त रक्सी सेवन गर्ने महिलाबाट जन्मिने बच्चामा पनि गम्भीर असर देखिन्छ । एजेन्सी

प्रतिक्रिया