पबित्र खादा शुभेच्छाको गोप्य अंगमा, बौद्धमागी भन्छन्, ‘घीन लाग्दो कुकृत्य भयो’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ पुष २०७२, शुक्रबार १३:१७

Sexy Heroin Thapa Scandal

काठमाडौं : बौद्धमार्गीहरुले नायिक सुभेच्छा थापाको हर्कतको तिव्र बिरोध गरेका छन् । बौद्धमार्गीहरुको पबित्र खादाले गोप्य अंग छोपेर सार्वजनिक प्रयोजनको निम्ती तस्बिर खिचाएपछि उनको बिरोध भएको हो ।

नायिका थापाको तस्बिर विहिबार एक अनलाइनले प्रकाशन गरेको थियो । तस्बिर प्रकाशन लगत्तै बौद्धमार्गहरुले सामाजिक सञ्जालमा तिव्र बिरोध गरेका छन् । बौद्धमार्गीहरुले खादालाई पबित्र मान्दछन् । उनीहरुले पबित्र काममा मात्रै प्रयोग गर्दछन् । नायिका थापाले माघ २२ गतेबाट प्रर्दशनमा आउने आफ्नो चलचित्र बिन्दास ३ का लागि पबित्र खादाले आफ्नो गोप्य अंग छोपेर तस्बिर खिचाएकी हुन् ।

कसले के भने ?
पत्रकार गणेशमान गुरुङले नायिका थापाले विश्वभरका बौद्धमार्गीहरुको अपमान गरेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘नेपाली चलचित्रकी नायिका शुभेच्छा थापाले विश्वभरका बौद्धमार्गीहरुको अपमान गरेकी छिन । स्तन र योनी छोप्न अब यिनलाई ब्रा र पेन्टीले पुगेन । बौद्ध धर्मशास्त्रले पवित्र मानेको खादाको प्रयोग गरेकी छिन । सामाजिक सद्भाव खल्बलिने यस्तै य्स्तै गैर जिम्मेवारपूर्ण हर्कत हो ।’

शुभेच्छाको यस्तो हर्कतले सम्पूर्ण बौद्धमार्गीहरुमा चोट पुगेको उनको भनाई छ । उनले लेखेका छन्, ‘शुभेच्छाको यो घिन लाग्दो कुकृत्यले सम्पूर्ण बौद्धमार्गीहरुमा दुख र चोट पुगेको छ । यिनको यो कुकर्मले धार्मिक पवित्रतामाथी चोट पुगेको छ ।’

subhechha-Thapa-1

जन गायकको प्रश्न, यस्तै हुन्छ जन सांस्कृतिकर्मी ?
जन गायक राजन राईले पनि थापाको हर्कतको तिव्र बिरोध गरेका छन् । कान थापेर सुनी देऊ लगायतका दर्जनौं क्रान्तिकारी गीत गाएका राईले थापा एमाले निकट जन सांस्कृति महासंघको नेतृ समेत भएको उल्लेख गर्दै जन सांस्कृतिकर्मीले यस्तो गर्नु लज्जाको बिषय भएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन् ‘यिनि एमालेको कार्यकर्ता पनि हुन् । कुनै समय म एमालेको चलचित्र जनपक्षीय चलचित्रकर्मी संघको महासचिव हुँदा यीनी केन्द्रिय सदस्य थिइन् ।’

थापाले यस्ता हर्कत सधै गर्ने गरेको उनको आरोप छ । उनी लेख्छन् ‘यिनि झरना थापाकी देउरानी हुन् तर धेरै जत्तोजहदका बावजुद पनि जेठानी झै सफल भइनन र प्राय आफ्नै प्रोजेक्टहरु बाहेक बाहिर काम गरेकी छैनन, यिनिले त्यसैले एक किसिम कुण्ठा हुनु पर्छ ।  सस्तो किसिमको स्क्याण्डलहरु मच्चाउँदै हिडछिन् । कहिले माछाले बक्ष स्थल छोपेर फोटो सुट, कहिले निर्देशक राजु गीरी सँग जोडेर गरिर हल्ला मच्चाउने, कहिले मिस नेपालको पेटेन्ट बिवाद मच्चाउँछीन् ।’

गेलु शेर्पा भन्छन्, बिरोधको लायक नै छैनन्
सामाजिक सञ्जालमा धेरैले शुभेच्छाको बिरोध गरिरहेको बेला गेलु शेर्पाको भने फरक मत छ । उनको यो हर्कत बिरोध गर्न लायक नै नभएको उनको धारणा छ । आफ्नो फिल्म चलाउन यस्तो हत्कण्डा अपनाएको भन्दै उनको बिरोध गरेर पबित्र खादाको अपमान गर्न नहुने उनको भनाई छ ।

शेर्पा भन्छन्,’ हामीले सार्वजनिक रुपमा बिरोध गरियो भने यिनि चर्चामा आउँछन्, यिनले यसकै लागि गरेका हुन् । यिनि बिरोधको लाइक छैनन् ।’ एउटा असभ्य सडकका मान्छेले गरेको मानेर चुपो लाग्नुपर्ने उनको धारणा छ । भन्छन्, यस्ताको के बिरोध गर्नु ।

सामाजिक सञ्जालमा धेरैले शुभेच्छाको बिरोध गरिरहेको बेला गेलु शेर्पाको भने फरक मत छ । उनको यो हर्कत बिरोध गर्न लायक नै नभएको उनको धारणा छ । आफ्नो फिल्म चलाउन यस्तो हत्कण्डा अपनाएको भन्दै उनको बिरोध गरेर पबित्र खादाको अपमान गर्न नहुने उनको भनाई छ ।
शेर्पा भन्छन्,’ हामीले सार्वजनिक रुपमा बिरोध गरियो भने यिनि चर्चामा आउँछन्, यिनले यसकै लागि गरेका हुन् । यिनि बिरोधको लाइक छैनन् ।’ एउटा असभ्य सडकका मान्छेले गरेको मानेर चुपो लाग्नुपर्ने उनको धारणा छ । भन्छन्, ‘यस्ताको के बिरोध गर्नु ।’

तस्बिरहरू : अनलाइन खबर

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१