काठमाडौँ । एयरलाइन्स रेटिङ्स् डटकमले नेपालका सबै एयरलाइन्स विश्वकै सबैभन्दा असुरक्षित रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।
एयरलाइन्स रेटिङ्सलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले नेपालका सबै बायुसेवाले शुन्य स्टारको संकेत पाएको उल्लेख गरेका छन् । एयरलाइन्स रेटिङ्सले प्रत्येक वर्ष विश्वभरका सुरक्षित र असुरक्षित एयरलाइन्सको सूची सार्वजनिक गर्दै आएको छ । उक्त सूचीमा यो वर्ष नेपाल विश्वकै सबैभन्दा असुरक्षित वायुसेवामा परेको उल्लेख गरिएको छ ।
शून्य अर्थात एक स्टार पाउने वायुसेवामा नेपाल, इण्डोनेसियालगायतका १० एयरलाइन्स छन् । गत वर्ष भने नेपाल एयरलाइन्स र तारा एयर असुरक्षित एयरलाइन्सको सूचीमा थिए ।
अष्ट्रेलियाको ‘क्वान्टास एयरलाइन्स’ विश्वकै सबैभन्दा सुरक्षित एयरलाइन्स घोषित भएको छ । सबैभन्दा सुरक्षित भनिएको अष्ट्रेलियाको ‘क्वान्टास एयरलाइन्स’ले सात स्टारको रेटिङ पाएको छ ।
अष्ट्रेलियाको क्वान्टाससहित कुल एक सय ४८ एयरलाइन्सले सात स्टार पाएका छन् । तथ्याङकमा तीन वा त्यो भन्दा बढी स्टार पाउने एयरलाइन्सको संख्या ५० छ ।
पछिल्लो तथ्याङ्कले विश्वभरका चार सय सात अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सको सूची सार्वजनिक गरेको छ । nayapage बाट
प्रतिक्रिया