तब्बु क्याट्रिनाकी आमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ पुष २०७२, बिहीबार १३:०५

katrina१२ फ्रेबुअरीमा रिलिज हुने फिल्म ‘फितुर’ सन् २०१५ मा सुटिङ सुरु हुँदानहुँदै चर्चामा आयो । अभिनेत्री क्याट्रिना तथा आदित्य राय कपुरको जोडी पहिलोपटक फिल्ममा देखिनु, रेखाले फिल्मलाई बीचैमा छाड्नुले यो चर्चा बढायो ।
तर, बुधबार ‘लन्च’ भएको यसको ‘ट्रेलर’ले थप चर्चा बढाएको छ । ट्रेलरमा क्याट्रिनाकी आमाको भूमिकामा तब्बु छिन् । पहिले रेखाले यो भूमिकामा अभिनय गर्ने तय भएको थियो । उनले अचानक फिल्म छाडेपछि त्यो भूमिकामा तब्बुले काम गरेको यसअघि बाहिर आएको थिएन ।

पहिले यो फिल्ममा कटरिनाको आमाको भूमिकामा रेखा थिइन्। तर स्क्रिप्टको बारेमा विवाद भएपछि उनले बिचमै सुटिङ छोडेकी थिइन्। रेखाले छोडे पछि फिल्म निर्देशक तथा उनका साथी अभिषेक कपूरले तब्बूलाई आमाको भूमिकाको लागि अफर गरेका थिए। यो फिल्म चाल्स डिकेन्सको उपन्यास ग्रेट एक्सपेक्टेसनु को भारतीय संस्करण हो। निर्देशक अभिषेकले फिल्म कस्मिरी पृष्ठभूमिको भए पनि पाकिस्तान विरोधि नभएको बताए।

फिल्ममा कटरिनाको भूमिकामा देखिएकी तब्बू यस अघि शाहिद कपुरकी आमाको भूमिकामा समेत देखिएकी थिइन्। फिल्मकी केन्द्रीय पात्र कटरिनाले तब्बू आफ्नो साथी जस्तै भएको र उनलाई आमा भन्न निकै कठिन भएको बताएकी छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१