धर्नाकारी माथि भारतीयको पेट्रोल बम प्रहार, सातजना घाइते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ पुष २०७२, बुधबार १६:२०

birgunj-protestवीरगन्ज । वीरगन्ज नाकामा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्तालाई भारतबाट आएका आक्रोशित स्थानीय र व्यापारीले आक्रमण गरेका छन्। करिब २५ जनाको संख्यामा आएका भारतीयहरुले धर्नामा बसेका कार्यकर्तामाथि आक्रमण गरेका हुन् ।

दुवैपक्षविच भनाभन भएसँगै भारतीयहरुले आक्रमण गरेको कार्यकर्ताले बताएका छन् । भारतीयको आक्रमणसँगै अहिले दुवै पक्षबीच हानाहान भएको थियो । भारतीयहरुले धर्नाकारी माथि पेट्रोल बम प्रहार गरेका थिए । अहिलेसम्म भारतीयको आक्रमणबाट सात जना धर्नाकारी घाइते भएका छन् ।

करिब आधाघण्टा दुवै पक्षबीच हानाहान भएसँगै नेपाल प्रहरी र भारतीय प्रहरीले हस्तक्षेप गरेका थिए । भारतीय प्रहरीले अहिले भारतीयहरुलाई सिमापारी लगेको छ । यता धर्नाकारीले भारतीय तस्करहरुले सामान भित्र्याउन नपाएकोमा आक्रमण गरेको बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक २२, २०८१