सेकुवा खाएको ५२ सय बिल नतिर्ने मन्त्री, साहुजी भन्छन्, ‘झण्डावाला गाडीमा कुँदेको देख्दा मन रून्छ’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ पुष २०७२, बुधबार ०९:०१

mantriकाठमाडाैं । झण्डा हल्लिने गाडीमा सरर हुँइकिने मन्त्रीले सेकुवा खाएको पैसा तिरेको छैन भन्दा कसले पत्याउने ? तर, अनामनगरस्थित धराने सेकुवाको बाटो हुँदै जब–जब वातावरण तथा जनसंख्या मन्त्री विश्वेन्द्र पासवान हुँइकिन्छन्, तब–तब त्यहाँका साहुको मन नराम्रोसँग रुन्छ ।

कारण हो,‘आज दिन्छु, भोलि दिन्छु’ भन्दाभन्दै झण्डै एक वर्षदेखि ५२ सय रुपैयाँ नतिर्नु । सेकुवा साहु नेताले उधारो तिर्लान् भन्ने आश गरेर बसेका थिए, आशैआशमा उनी मन्त्री भइसके, पैसा दिने सुरसार छैन ।

बानीव्यहोरा विश्वेन्द्रको जस्तै भएका अर्का पूर्वसभासद् राजकुमार नाल्बो उनलाई भेटेमा पिटिदिने भन्दै हिँड्न थालेका छन् । उनी पनि विश्वेन्द्रबाटै पीडित रहेछन् ।

दोस्रो संविधानसभा निर्वाचन लगतै प्रचण्डले बनाएको २७ दलीय मोर्चामा विश्वेन्द्र पनि थिए । एकपक्षीय संविधान निर्माण गर्न लागिएको विरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्ने क्रममा विश्वेन्द्रको भागमा पाँच सय मानिस उतार्ने जिम्मा प¥यो ।

पाँचजना ल्याउन मुश्किल पर्ने विचराले कहाँबाट ल्याउन पाँच सय । त्यसपछि गाडीको तेल खर्च र पाँच सय मानिसलाई खाना, खाजा र भत्ताको ब्यवस्था गरिदिन्छु भन्दैं त्यो जिम्मा राजकुमारलाई लगाए । राजकुमारले भएभरका चुल्ठे, मुन्द्रे भेला पारेर पाँच सय त पु¥याए । तर, विश्वेन्द्रले पैसा दिएनन् ।

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया