ब्याडमिन्टन खेलाडीबाट बलिउडकी खेलाडी बनेकी दीपिका लागिन् ३०

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ पुष २०७२, बुधबार ०७:३०

बलिउड अभिनेत्री दीपिका पादुकोण मंगलबारबाट ३० वर्ष लागेकी छिन् । कुनै समयकी ब्याडमिन्टनकी खेलाडी दीपिका अहिले बलिउडकी चल्तीकी अभिनेत्री बनेकी छिन् । शाहरुख खानसँग ‘ओम शान्ती ओम’ खेलेर बलिउडमा डेब्यु गरेकी उनका यी तथ्य जोकोहीलाई रोचक लाग्न सक्छ ।

उनी डेनमार्कको कोपनहेगनमा जन्मेकी थिइन् । ११ महिना छँदै उनका बाआमाले उनलाई बैंग्लोर ल्याएका थिए ।

उनका पिता पनि राम्रा ब्याडमिन्टन खेलाडी थिए । उनले पनि राष्ट्रियस्तरमै ब्याडमिन्टन खेलेकी थिइन् । बेसबलमा उनी उनी उत्तिकै पोख्त थिइन् । केही प्रदेशस्तरीय खेलमा उनले बेसबलको प्रतियोगितामा पनि भाग लिएकी थिइन् ।

‘चाँदनी चोक टु चाइना’ फिल्मका लागि उनले जापानी मार्सल आर्ट सिकेकी थिइन् । पछि फिल्ममा उनले स्टन्टम्यानबिनै स्टन्ट गरिन् ।

उनले पहिलो फिल्म ‘ओम शान्ति ओम’ मा दोहोरो भूमिका निभाएकी थिइन् । चाँदनी चोक टु चाइनामा पनि उनको दोहोरो भूमिका थियो ।

उनी फिल्मक्षेत्रमा आनुअघि निहार पाण्ड्याको प्रेममा थिइन् । फिल्मक्षेत्रमा आइसकेपछि रणवीर कपुरसँग प्रेम भयो र पछि ब्रेकअप भयो । हाल रणवीर सिंहसँग उनी प्रेममा रहेको बताइन्छ ।

सन् २०१५ मा उनका तीन फिल्म रिलिज भए । जसमध्ये दीपिका बक्सअफिस कलेक्सनमा हिसाबले पहिलो नम्बरमा पर्छिन् । त्यतिमात्र नभई सन् २०१५ मा सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीमा पनि उनी पर्छिन् । अभिनयका हिसाबले पनि सन् २०१५ उनका लागि सुःखद वर्ष रह्यो ।सेतोपाटी बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१