भूकम्पपीडित भन्छन्–सरकार १० हजार खोई?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ पुष २०७२, बुधबार ०७:२२
भूकम्प पिडितचित्रोले छाएको साँघुरो गोठ, बीचमा अँगेना, अँगेनामा धुवाउँदै गरेको उत्तिसका दुई मुढा। वरिपरि छन्, लापिलाङ–९ पाटागाउँका ८४ वर्षीय बमबहादुर बस्नेत र उनीकी ८३ वर्षीय श्रीमती भीमकुमारी।
पतलो रातो हुकमाथि मैलो स्टकोट र सुरुवालबाहेक शरीर ढाक्ने केही छैन बमबहादुरको। उनकी श्रीमती भीमकुमारीको हातल पनि उस्तै छ। बेलुका ओढ्न न सिरक छ न त ओछ्याउन डस्ना नै । त्यसैले जाडो छेक्न दुबैका लागि अँगेनाकै भर छ। आँखा समेत देख्न छाडेका बस्नेतले भने,‘ घाम आउँदैन। लुगा छैन। चिसोले मुटछु नै छेड्लाझै गर्छ। यही मुढा बालेस सास धान्दै छौँ।’
राहतस्वरुप सरकारले वितरण गरेको १५ हजार रुपैयाँ चामल खरिद गर्दैमा सकियो। न्यायो कपडा खरिदका लागि राहतस्वरुप सरकारले दिने भनेको १० हजार अहिले सम्म उनको हातमा परेको छैन।

प्रतिक्रिया