काठमाडौँ । नेपाल स्काउटले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दीक्षित गरेको छ । नेपाल स्काउटले मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा एक समारोह गरी प्रधानमन्त्री ओलीलाई दीक्षित गरेको हो । प्रधानमन्त्री स्काउटको संरक्षक रहने व्यवस्था छ ।
स्काउटका प्रमुख आयुक्त रविन दाहालले प्रधानमन्त्री ओलीलाई सपथ खुवाउनुभयो । सपथपछि प्रधानमन्त्री ओलीले आफू स्काउटको संरक्षकको भूमिकामा मात्र सीमित नरहने बताए। उनले स्काउटको विस्तार र प्रभावकारिता वृद्धिका लागि आवश्यक भूमिका निभाउन आफू तयार रहेको बताए।
कार्यक्रममा युवा तथा खेलकुद्मन्त्री सत्यनारायण मण्डलले मुलुकका सबै सरकारी विद्यालयमा स्काउटका एकाइ स्थापना गर्ने गरी बजेटको व्यवस्था गर्न प्रधानमन्त्री ओलीसँग आग्रह गरे।
प्रतिक्रिया