पाकिस्तानी हिरोइनले गरिन् बलिउडको भण्डाफोर, ‘हिरोइनले त्यहाँ के-के गर्नुपर्छ’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ पुष २०७२, मंगलवार १८:२७

pakisthanएजेन्सी । बलिउडको सुपरहिट फिल्म क्विनमा काम गरिसकेकी पाकिस्तानी अभिनेत्री सबिका इमामले बलिउडमा हिरोइनहरुले कतिसम्मको परिस्थिति सामना गर्नुपर्छ भन्ने खुलासा गरेकी छन् ।

वेब पोर्टल देशी मार्टिनीमा प्रकाशित रिपोर्ट अनुसार पाकिस्तानी मूलकी ब्रिटिस हिरोइन सबिकाले बलिउडको भण्डाफोर गरेकी हुन् । उनले अझै मुस्लिम युवतीहरुले बलिउडमा निकै शोषणको हुने गरेको बताइन् ।

बलिउडमा रोल पाउनका लागि हिरोइनहरुले निर्देशक(निर्मातालाई खुसी पार्नेदेखि रोइकराइ गर्ने गरेको आफूले देखेको उनको दावी छ ।

यतिमात्रै होइन उनले भनिन् मुस्लिम युवतीहरुमाथि शोषण हुने गरेको छ । उनले भनिनन्, ‘पाकिस्तानसँग मेरो रगतको साइनो छ । म पाकिस्तानमा काम गरिरहन्छु ।’

उनले क्वीनमा आफूलाई पहिले भनिएको रोलसमेत नदिइएको दावी गरिन् । आफूले भनेजस्तै अभिनय गरेपनि एउटा पोल डान्सरकोरुपमा मात्रै सिमित पारिएको उनको गुनासो छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१