सन् २०१६ को पहिलो महिना तपाईंको लागि कस्तो रहनेछ ? भाग्यशाली रहने छ या शुरुवातमै तपार्ईंलाई दुःख हुनेछ । पहिलो वा जनवरी महिना तपाईंको लागि कस्तो रहने छ हामी बताउँनेछौं ।
मेष राशी : यो महिना तपाईंको लागि सामान्य रुपमा लाभदायक हुने देखिन्छ । स्वास्थ्य सामान्यै नै रहनेछ । मौसमबाट प्रभावित हुनेछ । जागिर तथा व्यावसायमा हुनेहरुले आफ्नो बोलीलाई संयम राखेमा लाभ तथा उन्नतिको अवसर मिल्नेछ । आर्थिक लेनदेनमा साबधानी अपनाउनुहोला । पारिवारीक जीवन सामान्य वा सुखद रहनेछ, सामाजिक विषयमा तपाईंको सक्रियता बढ्नेछ ।
वृष राशी : यो राशी हुनेहरुको लागि परिवारीक मामलामा सामान्य नै रहनेछ । जीवनसाथीसँग थोरै–थोरै विवाद हुनसक्छ । तर जसको प्रेम सम्बन्ध चलिरहेको छ, उनीहरुको सम्बनध गहिरो र मधुर हुनेछ । स्वास्थ्य सामान्य रुपमा राम्रो रहनेछ । सबै सहयोगीबाट सहयोग पाउनुहुनेछ । नोकरी तथा व्यावसायमा तपाईंको इमान्दारीले प्रभाव बढाउन सहयोग गर्नेछ । यो महिना कर्जा लिनबाट बच्नुहोस् र लेन–देनबाट सावधानी रहनुहोस् ।
मिथुन राशी : महिनोको पहिलो भाग तपाईंको लागि सामान्य रहनेछ । महिनाको उत्तरार्धतिर अलि असामान्य हुनेछ । सामाजिक मान–प्रतिष्ठामा बृद्धिले मन प्रशन्न हुनेछ । सामाजिक दायरा र तपाईंको प्रसिद्धि बढ्नेछ । स्वास्थ्य अनुकुल हुनेछ । मित्रबाट सहयोग मिल्नेछ या आर्थिक मामलामा गरिएको प्रयास सफल हुनेछ । आफ्नो कामभन्दा दोस्रोबाट अधिक अपेक्षा नराख्नुहोस् । यात्रा या स्थानान्तरणको संभावना छ ।
कर्कट राशी : यो महिना तपाईंको लागि उत्तार–चढाव तथा संघर्षपूर्ण रहनेछ । स्वास्थ्यको मामलामा तपाईंलाई दुख हुने देखिन्छ र यहि मौकामा विरोधीहरु पनि सक्रिय हुनेछन् । दोस्रो प्रति नजर अन्दाज नगर्नुहोस् । आर्थिक मामलामा स्थिति असामान्य हुनेछ । पारिवारीक जीवनमा प्रेम वा सहयोग बढ्नेछ । जसले तपाईंलाई शक्ति दिनेछ ।
सिंह राशी : माघे सक्रान्ति भन्दा पूर्वको समय तपाईंको समय अनुकुल हुनेछ । यस दौरानमा तपाईंको स्वास्थ्य राम्रो हुनेछ । र यात्राको संभावना पनि उत्तिकैछ । आर्थिक मामलामा सम्हालेर चल्नुहोस् । अनावश्यक कुरामा तपाईंका धन खर्च हुनसक्छ । नोकरी तथा व्यावसायमा स्थिति पहिलेभन्दा स्थिति राम्रो हुनेछ । सहकर्मीबाट सहयोग मिल्नेछ । साझेदारीको काममा लापरबाही नगर्नुहोस् ।
कन्या राशी : यो महिना आफ्नो स्वास्थ्यको बारेमा निकै जागरुक बन्नुपर्नेछ । पेट तथा नसासँग सम्बन्धीत रोगको संभावना छ । कयौं महत्वपूर्ण कार्यलाई पुरा गर्न गाह्रो हुनेछ । धनको विषयमा निकै सचेत हुनुहोस् । नोकरी व्याबसायको मामलामा यो महिना तपाईं अनुकुल रहनेछ । मेहनत र योग्यताको लाभ मिल्नेछ ।
तुला राशी : यो महिनाको पहिलो भाग तपाईं अनुकुल रहनेछ । यो दौरानमा तपाईंका काम मेहनतको आधारमा बन्नेछ । प्रतिष्ठित व्यक्तिसँग सम्पर्क हुनेछ । सामाजिक क्षेत्रमा पहिचान बढ्नेछ । यो दिनहरुमा तपाईं साँढेसातको प्रभावमा हुनुहुन्छ । त्यसैले खर्चलाई जहाँ भएपनि कम गर्ने कोशिस गर्नुहोस् । किनकी ब्यय बढ्नेछ । स्वास्थ्यको ध्यान राख्नुहोस् । सहकर्मीसँगको सहकार्यमा गरिन व्यावसाय लाभदायक हुनेछ । पारिवारीक जीवनमा आपसी तालमेल र आपसी समझदारीको आधारमा काम गर्नुहोस् ।
वृश्चिक राशी : महिनाको शुरुवात तपाईंको लागि संघर्षपूर्ण रहनेछ । यस दौरानमा तपाईंको बन्नै लागेको काममा अबरोधको सामना गर्नुपर्ने संभावना छ । विरोधीसँग सजगदा अपनाउनुपर्ने समय छ । नोक्सान हुनसक्छ । माघे सक्रान्तिपछि तपाईंको स्थितिमा राम्रो हुनेछ । लाभका मौका मिल्नेछ, अवसरको फाइदा उठाउनुहोस् । आर्थिक स्थिति राम्रो हुनेछ । आय –व्ययमा सन्तुलन मिल्नेछ । पारिवारीक जीवनमा जिम्मेवारी निभाउनु पर्ने संभावना छ ।
धनु राशी : यो महिना तपाईंका लागि उत्तारचढावले भरिएको हुनेछ । चिन्ता वा तनावलाई आफूमाथि हावी हुन नदिनुहोस् । स्वास्थ्यका ध्यान राख्नुहोस् । खर्च बढ्नेछ । जो सवारी साधन किन्ने सोचिरहेको छ उ सफल हुन्छ । पारिवारी जीवनमा एक दोस्रोसँग विश्वास बढाएर राख्नुहोस् । नोकरी वा व्यावासायमा दुःख हुनसक्छ धर्यतासँग काम गर्नुहोस् ।
मकर राशी : खानपानमा ध्यान दिनुहोस् यो महिना अनुकुल रहनेछ । लाभ वा उन्नतीको मौका मिल्नेछ । तपाईंको रोकिएको काम बन्नेछ । आर्थिक स्थिति सामान्य रहनेछ । तर धनसम्बन्धी माममलामा कागजात पढेर मात्रै हस्ताक्षेर गर्नुहोस् । नोकरी व्यावसायमा प्रगतिका लागि अधिक परिश्रम गर्नुपर्छ । क्रोधलाई नियन्त्रण गर्नुहोस् । परिवारमा आपसी मतभेद बढ्ने आशंका छ ।
कुम्भ राशी : यो महिना तपाईंको लागि निकै राम्रो हुने देखिएको छ । तपाईंको परिवारमा मांगलिक कार्य हुने संभावना छ । आर्थिक मामलामा साबधानी अपनाउन जरुरी छ । लेनदेनमा लापरबाहीबाट बच्नुहोस् । नोकरी व्यावसायमा स्थिति अनुकुल रहनेछ । आफ्नो कार्ययोजनालाई आफूसँगै राख्नुहोस् । परिवारीक जीवनमा प्रेम वा सहकार्य भइनै रहनेछ ।
मिन राशी : यो महिना तपाईंको लागि हरेक तरिकाले अनुकुल रहनेछ । कम परिश्रमबाट नै तपाईंको काम बन्नेछ । स्वास्थ्य पनि सामान्य वा ठीक रहनेछ । मान–सम्मान बढ्नछ । धनमा वृद्धि हुनेछ । नोक्करी व्यावसायमा उन्नती हुनेछ । पारिवारीक जीवनमा सहयोग र सहकार्य हुनेछ ।
प्रतिक्रिया