टप हुने ध्याउन्नमा १० वर्षमा धेरै कुरा गुमाइयो : कंगना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ पुष २०७२, मंगलवार ०९:१७

kanganaआजको मितिमा बलिउडमा अभिनेत्री कंगना रनावतको आफ्ना नाम र स्थान छ। बलिउडमा बाहिरिया भइकन पनि उनले आफ्नै बलबुदामा आफूलाई साबित गरिन्। यसका लागि उनले तय गरेको बाटो सजिलो थिएन्। कुनै बेला यस्तो समय पनि थियो जब कंगना कुनै पनि प्रकारको फिल्ममा अभिनय गर्न तयार थिइन्। आज उनका लागि रोजीछाडी काम छ। कंगनाले हालै दिएको एक अन्तरवार्तामा आजको स्थान हासिल गर्ने क्रममा थुप्रै चिज गुमाएको बताइन्।
उनले भनिन्, ‘यो पाउन गुमाउनु परेका चिजका लागि एउटा थकथकी त लाग्छ। जीन्दगीमा जति कमाइयो त्यसलाई हासिल गर्ने क्रममा जीवनको १० वर्ष नै गुमाइयो। तर कहिलेकाँहि सम्झदा गलत कुराहरु जो त्यती कलिलो उमेरमा नै सहनुपर्‍यो त्यसलाई सम्झदा नरमाइलो लाग्छ।’
उनले आफूले भोग्नुपरेको दु:खलाई यसरी सम्झिइन्।
‘मेरो संघर्ष १७ वर्षको उमेरबाट सुरू भयो। यो उमेरमा मेरा उमेरका केटीहरु पिकनिक तथा डेटिङ् आदिमा जान्थे जबकी मेरो समय संघर्षमा बितिरहेको थियो। तीन दिनहरुमा यस्ता कुराहरु पनि जसले मलाई मजबुत बनाइदियो।’
त्यस्तै कंकनाले जीन्दगीमा बलियो गरि टिक्नका लागि भित्र मनदेखि काम गर्नुपर्ने पनि बताइन्। उनले भनिन्, ‘मेरो हिसाबमा आफ्नो काम राम्री गर्न आउनुपर्छ र त्यो कामलाई मनदेखि गर्नुपर्छ। हामी ठिक तरिकाले काम गरिरहेका छौ भने कसेले औला उठाउने ठाउँ पाउँदैन्। हामी त्यतिबेला आफ्नो हकको लागि लड्न सक्छै अन्यथा दोस्रो व्यक्ती हामीलाई सिध्याउन अनेक हतकन्डा अपनाउन थाल्छन्।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१