जुकरवर्गले ‘आइरन म्यान’ को ‘जार्भिस’ जस्तो एअाइ असिस्टेन्ट बनाउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० पुष २०७२, सोमबार १६:१२

फेसबुकका सिइओ मार्क जुकरवर्गले यस वर्ष आर्टिफिसियल इन्टेलिजेन्स असिस्टेन्ट (Artificial Intelligence (AI) Assistant,)  निर्माणमा काम गर्ने बताएका छन्।
उनले एक पोस्टको माध्यमबाट २०१६ मा उनको योजनाहरुका बारेमा बताउने क्रममा यसको बारेमा बताएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन्। यो असिस्टेन्ट हलिउड फिल्म ‘आइरन म्यान’ को ‘जार्भिस’ जस्तो हुन सक्ने बताइएको छ।
जुकरवर्गले यो प्रोजेक्टलाई चाँडै सुरु गर्ने र यो असिस्टेन्टले आफ्नो भ्वाइस कमाण्डमा काम गर्ने र पुरै घरको देखभाल गर्न सक्ने प्रविधिमा काम गर्ने पनि बताइएको छ। यसबाट घरमा बत्ति, म्यूजिक र तापक्रमको व्यवस्थापन गर्न सकिने, ढोकामा साथिहरुको अनुहार हेरेर चिन्ने र जुकरवर्गकी छोरी म्याक्सको कोठामा के भइरहेको छ भनेर उनलाई बताउन सक्ने खालको बनाउने सोचमा रहेको बताइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१