अपराधी लाई उन्मुक्ती दिईन्न – डिआइजी नेपाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० पुष २०७२, सोमबार १२:००

20160103_150217सम्राट सिंह/बझाङ ।
सुदुर पश्चिमका क्षेत्रिय प्रहरी प्रमुख डिआइजी माधब प्रशाद नेपालले अपराधीमा संलग्न कुनै पनि व्यक्तिलाई प्रहरीवाट उन्मुक्ती नहुने वताएका छन् । प्रहरीले अपराधीहरु संग कुनै सम्झौता गर्दैन उनले भने तर त्यस्तो कहि कतै वाट भएको देखीए त्यस्ता प्रहरीको कारर्वाही गर्नेछु ।
जिल्ला प्रहरी कार्यालय बझाङले आइतबार सरोकारवालाहरु सँग आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा नेपालले अपराधिलाई कानुनी कठघेरामा ल्याई र्निदोष लाई न्याय दिलाउन आफु सदैब लाग्ने वताए ।
जिल्लाको शान्ति सुरक्षाको अवस्था र प्रहरीको भुमीका विषयक राजनितिक दल, पत्रकार सहित सामाजिक क्षेत्रका व्यक्तिहरु संग भएको अन्तरकृयामा सहभागीहरुले प्रहरीवाट भनसुनका आधारमा दोषिलाई उन्मुक्ती नदिनु पर्ने सुभाव दिएका थिए ।
राजनितिक नेताहरुले जिल्लामा प्रहरी जनशक्ति बढाउनका साथै प्रहरी चौकीहरुको स्तर बृद्धिका लागी डिआइजी संग आग्रह गरेका थिए । बझाड भ्रमणमा डिआईज िनेपाल संगै सेती अञ्चल प्रहरी प्रमुख एसएसपी विनोद शर्मा घिमीरे पनि आएका थिए । बझाडको उत्तरी क्षेत्रमा प्रहरीको कम पहुँच भएकाले जंगली जनावर साथै दुर्लभ जडिबुटीहरु अवैध निकासी र चोरी पैठारी हुदाँ तिव्वतको सिमाना जोडीएको काँडामा शसस्त्र प्रहरी सहितको सुरक्षा क्याम्प राखिदिन जिल्लावासीहरुले डिआईजी समक्ष अनुरोध समेत गरेका थिए । डिआइजी नेपालले बाटो आउदाँ प्रहरी चौकी निरक्षण साथै प्रहरीहरु लाई शान्ति सुरक्षामा कडाई भई लाग्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया