बलिउडका लागि सन् २०१६ का बहु-प्रतिक्षित फिल्महरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० पुष २०७२, सोमबार ०७:१७

वर्ष २०१५ बलिउडका लागि औषत रह्यो । कमाई गर्ने फिल्मको दश सूचीमा समावेश भएका फिल्मसमेत घाटामा रहे । बरु साना लगानीका फिल्मले उल्लेख्य व्यापार गरे । पहिलेका वर्षझैं बक्सअफिसमा धमाका मच्चाएका फिल्मले भन्दा सानो लगानीका फिल्मले तारिफ पाए ।
यस वर्ष करिब आधा दर्जन सिक्वेल फिल्म प्रतिक्षित बनेका छन् । ठूला बजेटका फिल्मलाई बहुप्रतिक्षित मान्ने हो भने यी फिल्म बहुप्रतिक्षितको सूचीमा पर्छन्।
सुल्तान : सलमान खानले यसमा पहलमानको भूमिका निभाएका छन् । फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । फिल्मको रिलिज मिति तय भइसकेको छैन ।
दंगल : फिल्ममा आमिर खान मुख्य भूमिकामा छन् । सलमानको सुल्तानजस्तै दंगलको पनि उस्तै विषय र एउटै परिवेशको कथा हो । फिल्मका निर्देशक  नितेश तिवारी हुन् । फिल्म २३ डिसेम्बरमा रिलिज हुनेछ ।
वजिर : फिल्ममा अमिताभ बच्चन र फरहान अख्तर मुख्य भूमिकामा छन् । फिल्म जनवरी ८ मा रिलिज हुँदैछ ।
एयरलिफ्ट : अक्षय कुमार अभिनित यस फिल्म २२ जनवरीमा रिलिज हुँदैछ ।
रइश : शाहरुख खान अभिनित फिल्म ८ जुलाईमा रिलिज हुनेछ ।
फ्यान : शाहरुख खान अभिनित फिल्म १५ अप्रिलमा रिलिज हुँदैछ । मनिष शर्मा यसका निर्देशक हुन् ।
मोहन जो दडो : आशुतोष गोवारीकर निर्देशित यस फिल्ममा ऋतिक रोशन मुख्य भूमिकामा छन् । फिल्म १२ अगष्टमा रिलिज हुनेछ ।
ए दिल है मुस्किल : रणवीर कपुर, अनुष्का शर्मा र ऐश्वर्या रायले अभिनय गरेको फिल्मलाई करण जोहरले निर्देशन गरेका हुन् ।
रंगुन : शाहिद कपुर, सैफ अलीका अलावा नायिकाकै भरमा फिल्म चलाउन सक्ने क्षमता बोकेकी कंगना रनावत अभिनित फिल्म १४ अक्टुबरमा रिलिज हुनेछ । हैदरजस्ता फिल्मका निर्देशक विशाल भारद्वाज यसका निर्देशक हुन् ।
जग्गा जासुस : बर्फीजस्ता फिल्मका निर्देशक अनुराग वशु निर्देशित फिल्म ३ जुनमा रिलिज हुनेछ । फिल्ममा रणवीर कपुर र क्याट्रिना कैफ मुख्य भूमिकामा छन् ।
बादशाहो : फिल्ममा अजय देवगन छन् । मिलन लुथरियाले निर्देशन गरेको यस फिल्म पैसा नभएको व्यक्तिले बादशाह बन्न देखेको सपनाको कथा भन्छ ।
उडता पञ्जाव : शाहिद कपुर, आलिया भट्ट, करिना कपुर, फवाद खान अभिनित यस फिल्मलका निर्देशक अभिषेक चौबे हुन् ।
हाउसफुल ३ : हाउसफुलको तेस्रो सिक्वेलमा अक्षय कुमार, अभिषेक बच्चन, रितेश देशमुख, ज्याकलिन फर्नान्डिज र नरगिश फाखरीे मुख्य भूमिकामा छन् । फिल्मलाई साजिद र फरहादले संयुक्त निर्देशन गरेका हुन् ।
जय गंगाजल : प्रकाश झा निर्देशित फिल्ममा प्रियंका चोपडा मुख्य भूमिकामा छिन् ।
फितुर : अजय देवगन, आदित्य रोय कपुर,  क्याट्रिना कैफ, तब्बु अभिनित फिल्मलाई अभिषेक कपुरले निर्देशन गरेका हुन् ।
गोलमाल ४ : रोहित सेट्ठी निर्देशित यस फिल्ममा अजय देवगन, अरशद वारसी, कुणाल खेमु, तुषार कपुर, अली जफर, करिना कपुर, जोनी लिभर, राजपाल यादव, परेश रावललगायतले अभिनय गरेका छन् ।
हेराफेरी ३ : फिल्ममा परेश रावल, जोन अब्राहम, सुनिल सेट्ठी, अभिषेक बच्चन, इरफान खानलगायतले अभिनय गरेका छन् ।
फोर्स २ : जोन अब्राहम यसका मुख्य अभिनेता हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१