सात हजार कारका मालिक यी सुल्तान, सुनकै विमान र कारमा गर्छन् सवारी (फोटोफिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ पुष २०७२, आईतवार १७:३१

एजेन्सी । बुर्नाइका सुल्तान हसनलको नाम संसारका सबैभन्दा खान्दानी व्यक्तिहरुको सूचीमा आउँछ । पूर्खौंदेखिको उनको यो सम्पतिको कारण यहाँको तेल नै हो ।

Sultan

यीनलाई संसारकै सबैभन्दा धनी व्यक्तिको ताज पनि मिलेको थियो । तर सन १९९० मा बिल गेट्सले उनको यो ताज खोसे । सुल्तानको कुल सम्पति १.२४ लाख करोड डलर छ ।

Sultan 1

यिनी महंगा कारका सौखिन हुन् । फरारी व्याजनाजेशंस, एस्टन मार्टिन तथा बेंटलेजस्ता हजारौं लग्जेरियस कार उनको निजी ग्यारेजमा छन् । बेंटले सुल्तानलाई सबैभन्दा मन पर्ने लग्जेरियस कार हो । सुन्दा अचम्म लाग्ला सुल्तानको ग्यारेजको लम्बाइ-चौडाइ पाँच एयरक्राफ्ट ह्याङ्गर बराबर छ ।

Boing of sultan

सुल्तानको ग्यारेजमा ७ हजार वटा निजी लग्जेरियस कार छन् । यी सबै कार उनको निजी प्रयोगका लागि हो । उनीसँग रहेका कारहरुको कुल मूल्य करिब ५ बिलियन डलर रहेको बताइन्छ । १ हजार ७ सय कोठा उनको महलमा छतमासमेत सुनको प्लेट हालिएको छ ।

Cars of Sultan

सुल्तानसँग निजी बोइंग पनि छ । ७४७-४०० बोइङ विमान कुनै महलभन्दा कम्ति छैन । विभानभित्र एउटा लिभिङ रुम, बेड रुम तथा सुनैसुनको डेकोरेसन । यो विमान अत्याधुनिक प्रविधि जडित छ । विमानमा एक रिमोर्ट कन्ट्रोड डेक्स पनि छ ।

Sultan car 1

यतिमात्रै कहाँ हो र सुल्तानसँग बोइङ ७६७-२०० समेत छ । जसलाई बोइङ कमर्सियल एरोप्लेन्सले बनाएको हो । यसका अलावा एयरबस ए ३४०-२०० उनको अर्को विमान हो । यसले २६१ यात्रु बोक्ने क्षमता राख्छ ।

उनी प्राय: सुनको विमान तथा कारमा हिँड्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २८, २०८१