काली प्रियंका कसरी चलिन् हिन्दी फिल्ममा ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ पुष २०७२, आईतवार १७:०५

kaliमुब्बई  । भारतीय फिल्म जगतकी सफल अभिनेत्री हुन् प्रियंका चोपडा। जव उनी बलिउडमा प्रवेश गरिन्। ति सुरुवाती दिनमा उनले रंग भेदी टिप्पणीको सामना गर्नु पर्यो। हालै रिलिज भएको फिल्म ुबाजिराव मस्तानीु र अमेरिकन टेलिभिजन शो क्वान्टिकोु भन्दा पहिले नै उनको अभिनयको धेरै पटक तारिफ भइसकेको छ।

जब म बलिउडमा आएँ मानिसहरुले भन्ने गर्थे यति कालि छौ कसरी फिल्ममा टिक्छौुउनले बीबीसीसँगको कुराकानीको क्रममा भनेकी छन्, यस्ता प्रश्न बारबार आइरहे।

सन् २००० मा विश्व सुन्दरीको ताज पहिरिए पछि उनले सन् २००३ मा राज कंवर निर्देशित अन्दाजु बाट फिल्मी दौड सुरु गरेकि थिइन्।

तर यो फिल्मले बक्स अफिसमा खास कमाल गर्न भने सकेन।

ुमलाई आफ्नै अभिनय र क्षमताबारे बुझ्न करिव ७र८ बर्ष लाग्योु, प्रियंका भन्छिन्, मैले सँधै आफ्नै तरिकाबाट काम गरें र कसैको लागि कहिल्यै बदलिइन।

प्रियंकाले अगाडी थपिन्, अमेरिकामा अभिनय गर्ने समयमा पनि आफूले आफूलाई कहिल्यै हलिउड अभिनेत्रीको रुपमा स्थापित गर्ने प्रयास गरिन।

प्रियंका भन्छिन्, मैले आफ्नो छालाको रङ र आवाज परिवर्तन गर्न सक्दिन तर आफ्नो काममा जरुर मेहन गर्न सक्छु र मैले त्यो गरें।

दुनियामा कोहि पनि परफ्केट हुँदैन तर आफ्नो कमजोरी पहिल्याएर आत्मविश्वासका साथ अगाडी बढियो भने गर्न नसकिने भन्ने केहि छैनु, नयाँ पुस्ताका कलाकारलाई सल्लाह दिँदै उनले भनिन्।

नागरिक दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१