न्यानो लुगा किन्न कसले पाए ३ अरब (जिल्लामा बाँडिएको रकम सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ पुष २०७२, आईतवार ०७:५१
earthquake china

सिन्धुपाल्चोक, पुष १९ । गृह मन्त्रालयले भूकम्पपीडितहरुलाई न्यानो लुगा किन्न ३ अरब भन्दा बढी रकम वितरण गरिएको बताइरहेको बेला भूकम्पपीडितहरुले भने सहयोग पारदर्शी गर्नुपर्ने माग गरेका छन् ।

शनिवार गृहमन्त्रालयले विज्ञप्ती जारी गर्दै भूकम्प प्रभावित २१ जिल्लाका तीन लाख दुई हजार २६६ परिवारलाई प्रति परिवार १० हजारका दरले न्यानो कपडा किन्नका लागि रु तीन अर्बभन्दा बढी रकम वितरण गरेको जनाएको थियो ।

“खै, पैसा बाँडियो भन्छन्, कसले पाएको हो थाहा छैन ।” भूकम्पपीडितको गुनासो छ । पहुँच हुने, सरकारी अड्डा धाउन सक्नेहरुले मात्रै सरकारी रकम पाएको उनीहरुको गुनासो छ ।

जिल्लामा रकम बाँडियो भनेर सरकारले बताएपनि त्यो रकम कसले पायो, सो को सार्वजनिक जानकारी प्रत्येक जनतालाई दिनुपर्ने माग

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी जिल्ला दैवी प्रकोप उद्धार कोषबाट न्यानो कपडा खरिदका लागि यही पुस १७ गतेसम्म प्रतिपरिवार रु १० हजारका दरले रु तीन अर्ब दुई करोड २६ लाख ६० हजार वितरण गरिसकेको जनाएको हो ।

पीडितहरुले जिल्लामा रकम बाँडियो भनेर सरकारले बताएपनि त्यो रकम कसले पायो, सो को सार्वजनिक जानकारी प्रत्येक जनतालाई दिनुपर्ने माग गरेका छन् ।

यसअघि साँघुमा समेत न्यानो कपडा किन्न् आएको १० हजारमा समेत चलखेल गर्न खोजिएको भन्दै स्थानीयवासीले बिरोध गरेका थिए ।

उनीहरुले वास्तविक पीडित को होरु त्यसको लगत के आधारमा लिइएको छ, रकम कसरी र कुन माध्यमबाट उनीहरुलाई वितरण गरियो, वितरण गरियो भनेर कागजमा लेखिएकोरकम साँच्चिकै पाइयो या पाइएन भन्न्े कुरा जनतासामु सार्वजनिक गर्नुपर्ने माग गरेका थिए ।

गृह मन्त्रालयको विवरण यस प्रकार छ

  1. सोलुखुम्बुमा सात करोड,
  2. ओखलढुङ्गामा १० करोड,
  3. सिन्धुलीमा १८ करोड,
  4. सिन्धुलीमा १८ करोड,
  5. रामेछापमा ४८ करोड,
  6. दोलखामा ६५ करोड,
  7. सिन्धुपाल्चोकमा ७५ करोड,
  8. काभ्रेपलाञ्चोकमा ५० करोड,
  9. ललितपुरमा २७ करोड,
  10. भक्तपुरमा २० करोड
  11. काठमाडौँमा ४५ करोड
  12. नुवाकोटमा ७२ करोड,
  13. रसुवामा आठ करोड,
  14. धादिङमा ८० करोड,
  15. मकवानपुरमा ६० करोड,
  16. चितवनमा ५० करोड,
  17. गोरखामा ४० करोड,
  18. लमजुङमा आठ करोड,
  19. तनहुँमा चार करोड,
  20. स्याङ्जामा चार करोड,
  21. पर्वतमा तीन करोड,
  22. गुल्मीमा दुई करोड,
  23. पाल्पामा एक करोड १२ लाख
  24. बाग्लुङमा एक करोड

श्रोतः रासस

प्रतिक्रिया