विश्वका अचम्मलाग्दा रेस्टुरेण्टहरू

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ पुष २०७२, शनिबार ०९:१२

धेरै जसोलाई फुर्सदको बेला र भोकले छट्पट्याएको बेला राम्रो अनि मीठो खाने कुरा पाइने रेस्टुरेण्टमा जान मन लाग्छ । खासमा भन्ने हो भने आफ्नो नजिकको साथीहरूसँग रेस्टुरेण्टमा समय बिताउन पाउँदा त्यो पल नै अनमोल हुन्छ । तर के तपाईँ यी १० रेस्टुरेण्टहरूमा जाने हिम्मत गर्न सक्नुहुन्छ ? यी १० रेस्टुरेण्टहरू आफैमा असाधारण, अनौठो र अचम्मलाग्दा छन नै साथैसुन्दर र अद्वितीय पनि छ ।

स्काइसिटि, क्यानेडा –

sky city sky city1

जमीनबाट १५० फिट माथि बसेर पनि आरामले खान पाउनु मानिसको लागि अब सपना मात्रै भएन यो त सत्यतामा परिणत भइसकेको छ । यो रेस्टुरेण्टको नाम ‘स्काइसिटी’ हो जहाँ तपाई आकाशमै बसेर खाइरहेको अनुभति गर्नुहुनेछ ।

रेडवुड्स ट्रिहाउस, न्यूजिल्याण्ड –

redwood redwood1

जमीनबाट ३२ फिट माथि त्यो पनि रूखमा बसेर खान मिल्ने रेस्टुरेण्ट हो यो ‘रेडवुड्स ट्रिहाउस’ । रूखलाई घेरेर गोलो बस्ने ठाउँ र सुन्दर प्रकाश दिएर बनाइएको छ रेस्टुरेण्टलाई । यो न्यूजिल्याण्डको वार्कवोर्थ भन्ने ठाउँमा पर्दछ । यहाँ ३० जनासम्म बस्न मिल्दछ ।

मोडर्न टोइलेट, ताइवान – 

modern toilet modern toilet1

यो रेस्टुरेण्ट तपाईँले सोच्नुभएको भन्दा पनि अचम्म खालको छ । यहाँ शौचालयको प्यानको आकारमा बनेको भाँडामा खाने कुराहरू दिइन्छ । यहाँको बस्ने ठाउँ पनि शौचालयको जस्तै आकारमा बनेको छ ।

इथा अण्डरसि रेस्टुरेण्ट, माल्दिभ्स –

etha undersea etha undersea1

माल्दिभ्समा अवस्थित यो रेस्टुरेण्टमा पानी मुनि जिउँदो माछाले घेरिरहेको दृश्य हेर्दै खान पाउँदा साँच्चै नै सपना देखेजस्तै अनुभव हुन्छ ।

ए३८० इन फ्लाइट किचेन, ताइवान –

a380 a3801

चीनको ताइपेइमा अवस्थित यो रेस्टुरेण्टलाई ए३८० विमानमा परिवर्तन गरिएको छ । यस विमानमा बसेर खाना खानको लागि महङ्गो टिकेट काटेर जान पनि पर्दैन ।

हाजिमे रेस्टुरेण्ट, थाइल्याण्ड –

hajime hajime1

रोबटले नै तपाईँको अर्डर लिएर, सर्भ गरेर अनि बिल पनि रोबटले नै लिएर आउँदा तपाईँलाई कस्तो महशुस हुन्छ? थाइल्याण्डको राजधानी बैंककमा रहेको यस्तो रेस्टुरेण्ट छ जसको नाम ‘हाजिमे रेस्टुरेण्ट’ हो । जहाँ तपाइँलाई रोबटले नै सेवा प्रदान गर्नेछ ।

काउण्ट ड्रयाकुला क्लब, रोमानिया –

count dracula count dracula1

यो यस्तो डरलाग्दो रेस्टुरेण्ट हो जहाँ बस्दा तपाईँलाई पुरानो युगमा गएको भान हुन्छ । यो रेस्टुरेण्टमा धेरै कोठाहरू छन् र हरेक कोठामा आ–आफ्नै भिन्न वातावरण सिर्जना गरिएको छ । हरेक कोठामा ड्रयाकुला र भ्यामपायर भएको भान पनि हुने यो रेस्टुरेण्टमा जानु रोचक नै हुन्छ ।

क्लथिङ्ग अप्सनल डिनर्स, न्यूयोर्क –

clothing clothong

जोन जे. अर्डोभरले अमेरिकाको न्यूयोर्कमा हरेक महिना एउटा विशेष कार्यक्रमको आयोजना गर्छन, जहाँ मानिसहरू त्यहाँ आएर नग्न भएर रेस्टुरेण्टमा खानुपर्ने हुन्छ । यो हरेक महिनाको एकदिन हुन्छ ।

डिज्यास्टर क्याफे, स्पेन –

disaster disaster1

नामले नै बताउँछ कि यो रेस्टुरेण्टमा सेवा प्रदान गर्दा डिज्यास्टर, अर्थात विपत्तिजनक तरिकाले गरिन्छ । ७.८को भूकम्प गएजस्तो अनि तुफान चलेर सबै उडाउन लागेजस्तो वातावरणमा एकदमै रोचक ढङ्गले खान पाइने यो रेस्टुरेण्ट पनि अचम्मको छ ।

क्यानिबालिस्टिक रेस्टुरेण्ट, जापान –

canibel1 cannibel

‘क्यानिबल’ अर्थत मानिसको मासु खाने ! तर ढुक्क हुनुहोस्, यहाँ मानिसको मासु दिँदैन । यहाँ त मानिसको जस्तै शरीर बनाएर त्यहाँभित्र खाने कुराहरू राखेर दिइन्छ । यसो हेर्दा मानिसलाई नै काटेर मासु खाएजस्तो दृश्य देखिन्छ यो रेस्टुरेण्टमा । उक्त शरीरलाई ‘न्योताइमोरी’ भनिन्छ र त्यसभित्र जापानी खाना सुसी र ससिमिको सेवा गरिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१