आफ्नो अतीतलाई बिर्सेर बलिउड दुनियाँमा जमेकी नायिका सन्नी लियोनी आमा बन्ने तरखरमा छिन् । व्यस्तताकै कारण आमा नबनेको बताउने विवाहित नायिका सन्नी लियोनी अब भने छिटै नै परिवारमा एक नयाँ सदस्य थप्ने मनस्थितिमा पुगेकी हुन । निरन्तर रुपमा पारिवारिक दबाब आउन थालेपछि अन्ततः आमा बन्ने निर्णय लिएको लियोनी बताउँछिन् ।
हुन त उनले चाहेर पनि व्यस्तताका कारण आमा नबनेको उनले बताउँदै आएकी छिन् । उनका पति डेनियल वेभर आफूले बच्चा नजन्माउनुमा व्यस्तताकै कारण देखाउँछन् । सुखी वैवाहिक जीवन व्यतित गरिरहेकी सन्नी डेनियललाई आफ्नो आत्मीय साथी मान्छिन् । उनी भन्छिन, “जिन्दगीका आरोह अवरोहहरु हामीले सँगै पार गरेका छौँ । म मेरा हरेक समस्या डेनिलसँग साट्न र छलफल गर्न सक्छु ।”
सन्नी लियोनीको पूरै जिन्दगी डेनियलको नियन्त्रणमा चल्ने भारतीय सञ्चार माध्यमहरुको टिप्पणी छ । तर पनि वैवाहिक जीवनमा आफू निकै खुसी रहेको लियोनीको दाबी छ । आफू डेनियलकै कारण आजको अवस्थासम्म आइपुगेको बताउँदै सन्नी भन्छिन् ।
प्रतिक्रिया