फेसबुकमा यसरी चिन्नुहोस् ‘फेक आइडी’, निकै सहज ५ तरिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ पुष २०७२, शुक्रबार २२:११

फचेबूकएजेन्सी । फेसबुकमा फेक आइडीको समस्या पूरानै हो । यस्ता फेक आइडीहरु निहित स्वार्थका लागि खोलिएका हुन्छन् । यस्ता आइडीहरुको निसानामा परेर दु:ख पाउने धेरै छन् ।

राम्री केटीको तस्बिर राखेर केटालाई फसाउने तथा केटीहरुलाई पनि केटाको आइडीबाट जिप्ट्याउने गरेको धेरै सुन्न पाइन्छ । यस्ता फेकआइडीहरुले यौन हिंसामात्रै होइन आर्थिक देखि भौतिकरुपमा नोक्सानी पुर्याउनेदेखि जासुसीसम्म गर्छन् ।

त्यसैले त अहिले फेसबुकले फेक आइडीलाई निर्मुल पार्न सेक्युरिटी चेकजाँचलाई कडा बनाउँदै लगेको छ । आज हामी फेसबुकमा फेक आइडी चिन्ने सामान्य ५ तरिकाबारे जानकारी दिँदैछौं । यी ५ तरिकाले जाँच गर्दा एकाद् बाहेकका फेक आइडी चिनिन्छ ।
1. प्रोफाइल एल्बममा एकमात्रै फोटो भएमा वा प्रोफाइल तस्बिर नै नभएमा ।

2. लामो समयसम्म स्टाटस अपडेट नगरेको पाइएमा । कुनै एक्टिभिटी छैन । यसबाट थाहा हुन्छ कि यो फेक आइडी हो र मात्रै साथी थप्न लागिरहेको छ ।

3. फ्रेण्ड लिष्टमा विपरित लिंगी साथी अत्याधिक बढी भएमा ।

4. युजरले स्कूल, कलेज तथा काम गर्ने अफिसबारे कुनै जानकारी नराखेको भए त्यो फेक आइडी हुनसक्छ ।

5. प्रोफाइल फोटो गुगलमा सर्च गर्नुहोस्, प्राय फेक आइडीमा गुगलबाटै फोटो लिइएको हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१