प्रेमको बिषयमा सधैं चर्चामा रहने नायिका नम्रता श्रेष्ठको फेरि चर्चा सुरु भएको छ । प्रेम घलेसँग छुट्टिएका नम्रताले नयाँ प्रेमी भेटेकी छिन् ।
नम्रता फेरि पछिल्लो ६ महिना पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँग प्रेममा परेकी हुन् । एक ताका मोडल तथा भिजे साहाना बज्राचार्यको प्रेमीको रुपमा चिनिएका दावा हिजोआज नम्रताको प्रेममा परेका हुन् । नम्रता लामो समय प्रेम घलेसँग प्रेम सम्बन्धमा थिइन् । त्यसअघि पनि उनीसँग धेरैको नाम जोडिएको थियो । नम्रताको नयाँ प्रेमी ३२ वर्षिय दावा शेर्पा बाबु र बेल्जियन आमाबाट जन्मेका हुन्। परिवारका माहिला छोरा हुन्। शेर्पाले दुई पटक सगरमाथाको सफल आरोहण पनि गरिसकेका छन्।
नम्रताले खुलेर नै शेर्पासँग सम्बन्ध सुरु गरेकी छिन् । सार्वजनिक कार्यक्रममा दुबैजना हिड्न थालेकी छिन् । आफ्ना नजिकका साथीभाईलाई पनि प्रेमीको रुपमा चिनाउने थालेकी बताईन्छ । नम्रताले शेर्पालाई फिल्म ‘अधकट्टी’ को प्रिमियरमासँगै लिएर गएकी थिइन् ।
दावाले वातावरण परिवर्तनका कारण हिमालयमा पर्ने असरको बारेमा ध्यान आकृष्ट गर्नका लागि ‘इको एभ्रेष्ट एक्सपिडिसन’ गरेका थिए। उनले सगरमाथा आधार शिविरमा सबैभन्दा उचाइमा रहेको बेकरी पनि खोलेका थिए।
प्रतिक्रिया