कानुनै फेरेर मनमोहनका नाममा व्यापार गर्ने सरकारी दाउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ पुष २०७२, शुक्रबार ०८:४१

मोहन मोहनकाठमाडौँ ।  सरकारले सहकारीबाट सञ्चालित मनमोहन मेडिकल कलेजलाई प्रतिष्ठानको स्वरुप दिन हतारहतार चोरबाटोबाट प्राविधिक महाविद्यालयसम्बन्धी नीति परिमार्जन गर्न लागेको छ ।

सरकारले चिकित्सा शिक्षा सम्बन्धी नयाँ नीति बनाउने प्रतिबद्धता जनाउँदै चिकित्सा शिक्षाको विकृति विरुद्ध सात पटक अनशन बसेका डा. गोविन्द केसीसँग पटक पटक सम्झौता गरेको थियो । नागरिक दैनिकमा समाचार छ ।

ती सम्झौता अनुरुप बनेका समितिले तयार पारेका प्रतिवेदनसमेत बुझिसकेको सरकारले फेरि पनि मनमोहन कलेजलाई नै सम्बन्धन दिने गरी चोरबाटोबाट पुरानै नीतिका बाझिने सर्त हटाउन लागेको हो ।

स्रातका अनुसार नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाबाट सञ्चालित मनमोहन अस्पताललाई एमबीबीएस÷एमडीलगायत कोर्स पढाउने बाटो खोल्नकै लागि सम्भावित सबै चोरबाटो पहिल्याउने क्रममा यस्तो परिमार्जन गर्न लागेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१