मन्त्री पोखरेलले प्राविधिक पठाउने कुरा गर्दै जग हसाए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ पुष २०७२, शुक्रबार ०८:२३

आनन्द पोख्रेलकाठमाडौँ ।  नेपालका मन्त्रीहरुले सामान्य कुराहरु त हेक्का राख्दैनन् भन्ने त सबैलाई थाहा भएकै कुरा हो । तर, आफ्नै मन्त्रालयबाट भएका महत्वपूर्ण निर्णयहरुको पनि ख्याल राख्दैनन् भन्नेको उदारहण बनेका छन् अहिलेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल । उनले धरानको प्रस्तावित एयरपोर्टको निरीक्षणको क्रममा भने ‘म काठमाडौं पुगेपछि तत्कालै सर्वे अध्ययनको लागि प्राविधिकहरु पठाइदिनेछु । तपाईहरु निश्चिन्त हुनुस् ।’ जवकी पर्यटनमन्त्री लोकेन्द्रबहादुर विष्ट र अर्का पर्यटनमन्त्री भीम आचार्यकै पालामा यसको सर्वे मात्रै हैन, वातावरणीय प्रभाव मूल्यांकनसमेत भइसकेको छ ।

तर, त्यो कुराको बारेमा पूर्ण अनभिज्ञ रहेका मन्त्री पोखरेलले प्राविधिक पठाउने कुरा गर्दै जग हसाएका हुन् । उनले सुरुमा धरानको प्रस्तावित एयरपोर्ट बारे जानकारी नभएको बताउँदै प्राधिकरणका जिएमलाई फोनसमेत गरेर कुरा बुझ्ने प्रयाससम्म गरेका थिए । प्राधिकरणका जिएमबाट कुरा लिइसकेपछि पनि धरानेहरुको दवावमा परेपछि कुरा फुत्काई हाले । आफ्नै कार्यकर्ताहरु माझ घेरिएका मन्त्री पोखरेलले एयरपोर्टको काम चाडै सुरु गर्न आफ्नो तर्फबाट पहलसमेत हुने प्रतिवद्धता गरे । उनको अनभिज्ञताप्रति एयरपोर्ट सरोकार समितिका संयोजक मनोज भट्टराई भन्छन् ‘यो भन्दा अघि नै प्राविधिकहरु आएर सर्वे गरिसकेको भन्ने कुरा मन्त्रीज्यूलाई थाहै रहेनछ । कम्तीमा पार्टीका साथीहरुले समन्वय गरेर त्यो जानकारी दिनु पथ्र्यो । यो त खाली प्रोपोगाण्डा गर्ने मेलो मात्रै बन्यो ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ विगाहा जग्गा चाहिन्छ भनेर स्थानीय निकाय धरान उपमहानगरपालिकालाईसमेत जानकारी गराइसकेको छ । हाल धरान उपमहानगरको स्वामित्वमा रहेको ७ विगाहा र निजी कम्पनी यति इन्ककर्पोरेट प्रालिको नाममा रहेको ७ बिगाहा र अन्य सुकुम्बासी बस्ती बसेको ४ विगाहा गरी १८ विगाहा हाल जग्गा रहेको छ । यति इन्क कर्पोरेटले २०६४ सालमै स्थानीय रेल्वेवासीसँग कौडीकै भाउमा जग्गा खरिद गरिसकेको छ । तर, त्यो बेला कर्पोरेटले ६ महिना भित्र एयरपोर्ट बनाउने कार्य अघि नबढाएमा जग्गा उक्त मूल्यमै सम्बन्धित जग्गाधनीहरुलाई फिर्ता गर्ने भन्ने सहमति गरेका थिए । तर, हालसम्म जग्गा फिर्ता गरेको अवस्था छैन् ।

अहिले एयरपोर्टको लागि प्राधिकरणलाई लिजमा दिनु पर्ने प्रावधान छ । त्यही प्रावधान अनुसार धरान उपमहानरको जिम्मा भित्रको काम मात्रै बाँकी छ । त्यो हुने बित्तिक्कै सम्झौता पत्रमा हस्ताक्षर हुने धरान उपमहानगरका कार्यकारी अधिकृत टीकादत्त राई बताउँछन् ।
तर, एमालेका जिल्ला उपाध्यक्ष रमेश बस्नेतले मन्त्रीज्यूले सुरु मै आफूलाई एयरपोर्टको जानकारी बारे थाहा नभएको बताइ सकेकाले पनि सर्वे पठाइदिन्छु भनेर भन्नु अनौठो नभएको बताए । धरान एयरपोर्टका लागि २०६४ सालपछि बनेका पर्यटनमन्त्रीहरुले निरीक्षण अवलोकन गरिरहेकै छन् । सेतोपाटीबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१