संबिधान संशोधन संसद्को क्षेत्राधिकार : शान्ति मन्त्रि ढकाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ पुष २०७२, बिहीबार २२:३३

एकनाथ काठमाडौं । शान्ति तथा पुनर्निर्माण मन्त्रि एकनाथ ढकालले संबिधान संशोधन संसद्को क्षेत्राधिकारको बिषय रहेको बताउनु भएको छ । प्रज्ञा भबन कमलादीमा ज्योतिको घर नामक संस्थाको छैटौ बार्षिक उत्सब कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले नया संबिधान नेपाली मौलिकता मैत्री रहेकोले सबै नेपालीको हक हित सुरक्षित गरेको बताउनु भयो। “पहिलो पुस्ताले धेरै त्याग गरेर शान्ति र संविधानको कोसेली दिन सफल भय, अबको नया पुस्ताले देश विकास गर्न त्याग गर्नु पर्छ” मन्त्रि ढकालले भन्नु भयो । उहाले मुलकुमा लोकतान्त्रीक संविधान जारी भएको उल्लेख गदै यसले सबै नेपालीलाई रचानात्मक कार्य गर्नलाई बाटो खुल्ला गरेको बताए । मन्त्री ढकालले मधेशी मोर्चासँग सहमति नजिक भईसकेको जानकारी दिदै अव आन्दोलनको औचित्य नरहेको स्पष्ट पारे । एकनाथ ढकालउनले संविधान शंशोधनको माध्यमबाट मोर्चाको माग सम्बोधन गरिने बताउदै यसका लागि अब आन्दोलन गरेर नभई संसदमा छलफल गरेर सांसदहरुलाई आफनो मागको पक्षमा पार्न मधेशी नेताहरुलाई आग्रह गरे । उहाले पछाडि पारिएका समुदाय,द्धन्द्ध पीडित तथा असाहय बालबालिकाको पुनर्स्थापनामा ज्योतीको घरले खेलेको भूमिकाको प्रशंसा गदै यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

प्रतिक्रिया