पुष्पकमल दाहाल अव टुईटरमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ पुष २०७२, बिहीबार २०:४६

preachandaaकाठमाडौ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सामाजीक संजाल टुईटर चलाउन सुरु गरेका छन् । दाहालले बिहीबार टुईटरमा ‘कमरेड प्रचण्ड’ नामको ह्याण्डिल बनाएर टुर्यटर चलाउन सु गरेका हुन् ।
सूचना प्रविधि र सामाजिक सन्जालको बढ्दो प्रयोगलाई ध्यान दिँदै सामाजिक सन्जालमार्फत् आधिकारीक जानकारी दिन दाहालले टुईटर चलाउन सुरु गरेका उनका स्वकिय सचिव शिव खकुरेलले जानकारी दिए । दाहालले अवदेखिका आफ्ना सबै गतिविधि ट्वीटरमा राख्ने उनको सचिवालयले जनाएको छ । ‘अध्यक्ष ज्युले अवदेखि राजनितिक भेटघाट, छलफल तथा केही व्यक्तिगत घटना र त्यससम्बन्धि तस्विर पनि राख्नुहुनेछ ।’ स्वकिय सचिव खकुरेलले राष्ट्रिय खबर डटकमसंग भने ।
विहीबार विहान टुईटरमा हयाण्डिल बनाएका दाहालले विहीबार साझसम्म १ सय ५८ जनालाई फलो गरेका छन् । विहिबार दिनभरका केही गतिविधि तथा केही दिन अघि सम्पन्न पार्टीको केन्द्रिय समिति बैठकको तस्विर पोष्ट गरेका दाहालले ९ वटा ‘टुईट गरेका छन् । १ सय ५८ जनालाई ‘फलो’ गरेका उनले जम्मा २ वटा टुईटमा ‘फेव’ गरेका छन् ।

‘सी एम प्रचण्ड’ नामको दाहालको निजी वेबसाइटको सन्चालन गर्दै आएका एमाओबादी निकट पत्रकार र्र्सू्करण शर्माले नै दाहालको टर्ईटरपनि चलाउन सहयोग गर्दिनेछन् । शर्मा यसअघि एमाओवादीको आधिकारीक वेबसाइट कृष्णसेन अनलाइनमा आवद्ध थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१