चर्चित भारतीय टेलिभिजन जोडीले सम्बन्धविच्छेदको तयारी गरेका छन्। उनीहरुले सम्बन्धविच्छेदका लागि अदालतसक्ष निवेदन दिएको बताइन्छ। यसरी सम्बन्ध विच्छेदको निवेदन दिनेहरु भारतिय टेलिभिजन श्रृखंला ‘उत्तरन’बाट चर्चित बनेको रश्मी देशाइ र नन्दिस सान्धु हुन्। टेलिश्रृखंला सुटिङ्का क्रममा एकअर्कासँग प्रेम परेका उनीहरुले पछि त्यसलाई विवाहको रुप दिएका थिए।
उनीहरुले सन् २०११मा विहे गरेका थिए। दुबैजनाले आफूहरुबिच असमझदारी बढेकाले सँगै रहनुको कुनै अर्थ नरहेकाले छुट्टिन थालेको बताएका छन्। सम्बन्ध विच्छेदका विषयमा बोल्दै नन्दिसले रश्मीले एक वर्ष पहला नै पारपारचुके मागेको तर आफूले विवाहलाई एक मौका दिनुपर्नेमा भन्दै रोकेको तर रश्मीले फेरि पनि पारपारचुके मागेपछि आफूहरु छुट्टिन लागेको बताए।
त्यस्तै रश्मीले पनि डिभोर्स हुन लागेको सत्य भएको बताउँदै सम्बन्धमा सुधार्न नसकिने चिराहरु परेकाले यस्तो अवस्था आएको बताइन्।
प्रतिक्रिया