दोलखाको बाबरेमा लोपोन्मुख जाती थामी बस्तीमा लत्ताकपडा वितरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ पुष २०७२, बुधबार २०:३५
ट्वीटर प्रयोगकर्ताको बाबरेबासीलाई यस्तो साथ12460035_947282578652746_280070284_n  
भीम लामा, काठमाडौं । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दोलखा बाबरेका विपन्न छ सय घर थामी परिवारलाई न्यानो लुगा वितरण गरेका छन् । गएको वैशाख १२ को विनासकारी भूकम्पबाट क्षतिग्रस्त बनेको सो क्षेत्रका पीडितहरूलाई उनीहरूले व्ल्यांकेट लत्ताकपडा  लगायतका सामग्रीहरू वितरण गरेका हुन् ।
अत्यधिक चिसोका कारण दैनिक २ जनाको मृत्यु भइरहेको अवस्थामा फेसबुक ट्वीटर चलाउने अभियन्ताहरूले निःस्वार्थ रुपमा मानवीय सेवा भावनाले सिन्धुपाल्चोक, रसुवा, गोरखा पछि दोलखाको बाबरेमा पुगि न्यानो लुगा वितरण गरेको बिनिता बिन्दु ढकालले बताइन्  ।
‘सामाजिक सञ्जाल प्रयोगकर्ताहरू मिलेर अभियान सञ्चालन गरेका हौं,’ ढकालले भनिन्, ‘जाडो महिनाभर अभियान जारी रहने छ ।’
त्यस्तै नागरिक दैनिक पूर्वप्रधान सम्पादक तथा वरिष्ठ पत्रकार प्रतीक प्रधानले पनि भूकम्प पीडितलाई निरन्तर रुपमा विभिन्न राहत सामग्री उपलव्ध गराइरहेको उल्लेख गर्दै हाल चिसोका कारण वृद्धवृद्धा र बालबालिका बढी प्रभावित भएकाले उनीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण अभियान चलाइएको बताए ।
‘हामीले सरकारको मुख मात्र ताक्नु हुँदैन’,  प्रधानले भने, ‘आफूले सकेको सहयोग सबैले गर्नु पर्दछ । उनले सहयोगका लागि सबैलाई आह्वान समेत गरे।’
बाबरे गाविसका १४ सय घरधुरी रहेको समुदायमा १ सय ७४ वृद्धवृद्धा र ५६ जना एकल महिलालाई न्यानो लुगा वितरण गरिएको थियो ।  लुगा वितरण गर्न स्थानीय पत्रकार रमेश खतिवडा र शिक्षकले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।  प्रभावित क्षेत्र चिसोका कारण बालबालिकामा ज्वरो, रुघाखोकी र निमोनियाको समस्या देखिन थालेको पत्रकार खतिवडाले बताए । 12434671_947282618652742_1890169903_n
सामाजिक सञ्जाल ट्वीटर प्रयोगकर्ताहरूले सहयोगी समाज नामक समूह निर्माण गरी अभियान चलाइरहेका छन् । अभियानमा पत्रकार प्रतीक प्रधान, अभियन्ता बिनिता बिन्दु ढकाल, ममता चिमरिया, रामनाथ खनाल, बिनोद पौडेल, भीम लामा, पुरुषोत्तम पोखरेल, स्वेच्छा राउत, शिव पौडेल, दिपिका जम्कट्टेल, सविन पौडेल, दिनेश गौतम लगायत आवद्ध छन् ।

प्रतिक्रिया