धेरै अघिदेखि नै रणवीर सिंह र दीपिका पादुकोणबीच प्रेमसम्बन्ध छ भन्ने हल्ला चल्दै त आएको थियो तर, यी दुवैले स्विकारिसकेका थिएनन् । एक भारतीय सञ्चारमाध्यमले यी दुवैले खुल्ला रुपमा आफूहरुबीचको सम्बन्ध स्विकार नगर्नुको कारण परिवार भएको बताएको छ ।
अब भने दुवैको परिवारले सम्बन्धमा औपचारिकता दिने मञ्जुर गरेको छ । रणवीरको परिवारको तर्फबाट पहिले नै दीपिका स्विकार गरिएतापनि दीपिकाको परिवार भने मञ्जुर भएको थिएन ।
रणवीर–दीपिका दुवैजना परिवारको निर्णयभन्दा बाहिर जान नसक्ने भएकाले पनि उनीहरुले आफ्नो सम्बन्ध कस्तो हो भनेर खुल्ला रुपमा भन्न हिचकिचाइरहेको बताइन्छ ।
सन् २०१६ मा भने उनीहरुको सम्बन्धमा नयाँ फड्को आउने सम्भावना देखिएको छ । तर, त्यो सम्बन्ध कस्तोखाले हुने हो भन्ने बारे अहिले नै खुलाइएको छैन ।
प्रतिक्रिया