काठमाडौँ ।
नेपालको सबैभन्दा लोकप्रिय रहेको पर्यटकीय स्थल ठमेल चौविसै घण्टा खुल्ने समाचार बाहिर आएपनि तत्काल नखुल्ने भएको छ ।
आन्तरिक तयारी नपुगेका कारण नयाँ वर्षदेखि चौविसै घण्टा खुल्ने बताइएपनि खुलाउन नसकेको परिषद्ले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तत्काल सुरक्षाका दृष्टिले खोल्न नसक्ने जनाएपछि योजना पछि सरेको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष राजु डंगोलले बताए । उनले आन्तरिक तयारी पूरा भएपछि खोल्ने बताए । जस्को लागि कम्तिमा पनि १५ देखि एक महिनासम्मको समय लाग्ने उनको भनाइ छ । चौविसै घण्टा सञ्चालन गर्नको लागि सुरक्षा, बत्ति, सीसी क्यामेरादेखि सबै पूर्वाधार तयार गर्नु पर्ने भएकोले समय लाग्ने उपाध्यक्ष डंगोलको भनाइ छ । पर्यटकको चाहनालाई मध्येनजर गर्दै सक्दो छिटो चौविसै घण्टा खोल्न पहल गर्ने उनको प्रतिवद्धता छ ।
प्रतिक्रिया