हलिउडका हरर फिल्मको पनि संसारभर आफ्नै ख्याती छ। यस्ता फिल्मलाई रुचाउने दर्शकको कुनै कमी छैन्। २०१५ मा पनि हलिउडमा केहि यस्ता हरर फिल्म रिलिज भए जसलाई दर्शकले मनपराए र व्यवसायिकरुपमा सफल पनि। यस वर्ष हलिउडमा धेरै रुचाइएका मध्येका पाँच फिल्महरु यस्ता छन्:https://youtu.be/Ymoh5SIqgtw
१. क्रिमसन पिक: यस फिल्ममा बिहे गरेर नया घरमा सरेकी एडिथले त्यो घरमा थुप्रै कुरा अनुभव गर्छिन्। ती चिजहरुमा उसको पति र परिवारका सदस्यका बारेमा अनेकौ रहस्य लुकेका हुन्छन्। गियूललेर्मो देल तोरोले निर्देशन गरेको फिल्मले ७४ मिलियन डलरको वक्सअफिस कारोबार गर्दै हिट साबित भएको थियो।https://youtu.be/qCsULFGldi8
२.इट फलोज: फिल्ममा पलभरको खुशी कसरी सबैभन्दा ठूलो गल्ती बन्नसक्छ भन्ने सेरोफेरेमा कथा घुमेको छ। डेबिड रिचेल रोबटले निर्देशन गरेको फिल्मले २०. ३ मिलियन डलरको कारोबार गरेको थियो जबकी फिल्मको निर्माण लागत २ मिलियन डलरमात्र थियो।
३. द भिजिट: एम नाइट स्यामलान लिखित, निर्मित तथा निर्देशित फिल्ममा हजुरबुबा र हजुरआमाको घरमा बिदा मनाउने गएपछि हुने घटना देखाइएको छ। ५ मिलियन डलरमा बनेको फिल्मले वक्सअफिसमा ९७.१ मिलियन डलरको कमाइ गरेको थियो। https://youtu.be/3HxEXnVSr1w
४. इनसाइडियस च्यापटर-३: लेग वानेलको निर्देशनमा रहेको फिल्म इनसाइडियस फिल्म फ्रान्चाइजको सिक्वल हो। फिल्मले करिब ११३ मिलियन डलर कमाएको थियो। फिल्मको बजेट १० मिलियन डलर थियो।
५. अनफ्रेनडेड: मात्र १ मिलियन डलरमा बनेको लेबान ग्याब्रीडेजको निर्देशन रहेको फिल्म ६३ मिलियन डलरको कमाइ गरेको थियो।
प्रतिक्रिया