कम्युनिष्ट राष्ट्रपतिको पशुपतिमा बिशेष पुजा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ पुष २०७२, सोमबार १५:४५
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र कल्याण र विश्व कल्याणको कामना गर्दै सोमबार पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेकी छन् ।रास्ट्रपति
 
मुलुकमा भइरहेको संकटबाट मुक्ति मिलोस् भन्ने कामना गर्दै राष्ट्रपति भण्डारीले राष्ट्र कल्याणको संकल्पसहित विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टन्डनले जानकारी दिए ।राष्ट्रपतिले राष्ट्र कल्याण र विश्व कल्याणका लागि सोमबार पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेको बताईएको छ ।
पशुपति विकास कोषका अनुसार राष्ट्रपति भण्डारी पूजाका लागि सोमबार बिहान सवा १० बजे पशुपति परिसर पुगेकी थिइन्। केही मिनेट परिसरमा रहेका विभिन्न मन्दिरको पुजा गरेपछि उनले मुख्य मन्दिरमा लाख बत्तिसहित विशेष पुजा गरिन्।
राष्ट्रपति भण्डारीले शेषनारायण, लालगणेश, सूर्यनारायण, गंगामाई, सन्तापहरेश्वर, कीर्तिमुख भैरव, सितलामाई, चतुःषष्टि महादेव, उन्मुक्त भैरव र नवग्रहको दर्शन गरेर मूल भट्ट र अन्य भट्टद्वारा विशेष पूजा अर्चना गरेको कोषका निर्देशक भरत मरासिनीले जानकारी दिए ।
पहिले राजा महाराजाले पनि यस्ता प्रकारका पूजा गर्थे। सत्ताबाट बाहिरिएका पूर्व राजा ज्ञानेन्द्र शाहले पनि गत साउनमा पशुपतिमा विशेष पुजा गरेका थिए। पशुपति विकास कोषका कोषाध्यक्ष तारानाथ सुवेदीका अनुसार राजा महाराजले गर्ने पूजामा प्रयोग हुने सामग्रीको जोहो दरबारबाटै हुने गर्थ्यो।

प्रतिक्रिया