पत्रकार कुट्ने प्रहरीलाई कार्वाही गर्न माग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ पुष २०७२, आईतवार १७:२१
downloadकाठमाडौँ  । 
विराटनगर कान्तिपुर दैनिकका संवाददाता अवधेश झालाई कुटपिट गर्ने प्रहरीमाथि कारबाही नभएकोप्रति नेपाल पत्रकार महासङ्घले विरोध जनाएको छ ।
 
पत्रकार झालाई मधेसमा आन्दोलनरत दलद्वारा विराटनगरमा आयोजित सभाको समाचार सङ्कलन गर्ने क्रममा गत बिहीबार प्रहरीले कुटपिट गरेका थिए । सो घटनालाई महासङ्घले प्रेस स्वतन्त्रतामाथिको हमला भन्दै भत्र्सना गरेको हो । महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “यसअघि नै हाम्रो मोरङ शाखाले प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखलाई भेटेर दोषीमाथि कारबाही गर्न माग गर्दा कारबाही गर्ने प्रतिबद्धता आएको थियो । तर, अहिलेसम्म सम्बन्धित पक्षले दोषीलाई कुनै कारर्बाही गरेको छैन । त्यसैले, महासङ्घ पुनः त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छ ।”
 
पीडितपत्रकारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै महासचिव उजिर मगरले विज्ञप्तिमा भन्नुभएको छ, “दोषीलाई तत्काल कारबाही गरी घाइते पत्रकार झाको स्वास्थ्य उपचार तथा उचित क्षतिपूर्ति व्यवस्था मिलाउनसमेत महासङ्घ स्थानीय प्रशासनसँग जोडदार माग गर्दछ ।
 
पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा समाचार सङ्कलन गर्ने वातावरण निर्माण गरिदिन र आगामी दिन यस्ता घटना कसैबाट नदोहो¥याउन महासङ्घले सबै पक्षलाई आग्रह गरेको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१