मैया देबी श्रेष्ठ अनुकरणीय व्यक्तित्व : मन्त्री ढकाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ पुष २०७२, आईतवार १६:४८
ढकाल चितवन । शान्ति तथा पुनर्निर्माण मन्त्रि एकनाथ ढकालले पूर्व सांसद तथा समाजसेबी सुश्री  मैया देबी श्रेष्ठ नेपालको एक अनुकरणीय व्यक्तित्व हुनु भयको बताउनु भएको छ ।  मैया देबी ट्रस्ट द्वारा चितवनको नारायणघाटमा आयोजित स्वागत तथा बधाई कार्यक्रमा बोल्दै मन्त्रि ढकालले यस्तो बताउनु भएको हो । “सादा जीवन उच्च विचार र सेबा नै परमोधर्मको मान्यता द्वारा जिबन निर्देशित गर्न सफल मैया देबी श्रेष्ठ जस्ता व्यक्तित्व समाजका बलिया खम्बा हुन् ” मन्त्रि ढकालले बताउनु भयो । मन्त्रि ढकालले सरकार संबादको माध्यम द्वारा तराई मधेशको जायज मागहरु सम्बोधन गर्न तयार रहेको  बताउदै  संविधानको कार्योनोयन, पुनर्निर्माण तथा नब निर्माण सरकारको प्रमुख प्राथमिकता रहेको बताउदै आफुले संयोजनकारी भूमिका खेली राष्ट्रिय मेलमिलाप, स्थायी शान्ति र राष्ट्र निर्माणमा इमान्दारिताका साथ लागिपर्ने बताउनु भयो । समाजसेबी मैया देबी श्रेष्ठले मन्त्रि ढकाललाई जनताको काम छिटो र छरितो ढंग बाट गरिदिन र मुलुकमा स्थायी शान्ति स्थापनामा जोड दिन सुझाब दिनु भयो । ट्रस्टका  अध्यक्ष प्रेम कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको ट्रस्ट कै महासचिब टंक नाथ खनालले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक २२, २०८१