जब युवतीलाई अन्तरिक्षबाट फोन आयो, हेल्लो ! यो पृथ्वी हो ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ पुष २०७२, आईतवार ०८:२४

एजेन्सी । एकपटक सोच्नुहोस् त, तपाईंलाई एक्कासी फोन आयो र उताबाट कसैले सोध्यो, ‘हेल्लो, के तपाईं पृथ्वीबाट बोल्दै हुनुहुन्छ ?’ तत्काल तपाईंलाई के लाग्ला । सायद सोच्नुहोला, कुनै पागलको फोन हो । कि त कसैले मजाक गरेकोजस्तो लाग्नसक्छ । केही अपवाद्हरुले कतै अरु नै ग्रहबाट एलियनको फोन आएको त होइन ? भन्ने सोच्न पनि सक्छन् ।
Planet

यस्तै परिस्थितिको सामना एक युवतीले गरिन्, जब उनलाई अन्तरिक्ष यात्रीको फोन आयो । ब्रिटिस अन्तरिक्षयात्री टिम पिएकीले क्रिशमसको दिन एक युवतीलाई फोन गरेर के यो पृथ्वी हो भनेपछि एकछिन त उनको होस हवास नै उड्यो ।

इन्टरनेशनल स्पेस स्टेसनमा कार्यरत पिएकीले पछि ति युवतीसँग लिखित रुपमा माफी पनि मागे । साथै उनले ति युवतीलाई आश्वस्त पार्ने प्रयास पनि गरे कि उनले कुनै मजाक गरेका होईनन् ।

पिएकीका अनुसार त्यो कुनै मजाक थिएन । उनले जानबुझ नै एक नम्बर डायल गरेका थिए । पिएकीले भने, ‘मैले यो जान्नका लागि नम्बर डायल गरेको थिएँ कि के स्पेसमा रहँदा पनि यस्तो हुनसक्छ ।’ तर, यस्तो सधैँ हुँदैन ।

Tim Peake

पिएकीको फोन रिसिभ गरेकी युवती नाजवाफ रहिन्, सोचिन् सायद कुनै अर्को ग्रहबाट कसैले फोन गरेको होला । पिएकीले ति युवतीसँग माफी माग्दै गरेको ट्वीट भाइसल बनेको छ । त्यसलाई शेयर गर्नेमध्ये अधिकांशले आफूले पनि त्यस्तै फोन रिसिभ गर्न चाहेको लेखेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१