प्रिमियर लिग फुटबल:स्टोकद्वारा म्यान्चेष्टर युनाइटेड पराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ पुष २०७२, आईतवार ०७:०२

प्रिमियर लिग फुटबलमा स्टोक सिटीले म्यानचेष्टर युनाइटेडलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा स्टोक सिटीले म्यानचेष्टर युनाइटेडलाई दुई सून्य गोल अन्तरले पराजित गरेको हो । स्कोट सिटीले दुबै गोल पहिलो हाफको पहिलो ३० मिनेटभित्रै गरेको हो ।

स्टोक सिटीका लागि खेलको १९ मिनेटमा बोजानले गोल गर्दै टोलीलाई आग्रता दिलाएका थिए भने त्यसको ७ मिनेटपछि नै  मार्को अर्नाउटोभिकले गोल गर्दै टोलीलाई २–० को जित दिलाएका हुन् । म्यानु पछिल्ला पाँच खेलमा लगातार पराजय व्यहोर्दै आएको छ ।

जितपछि १८  खेल खेलेको स्टोक सिटीको २६ अंक भएको छ भने  म्यानुको समान खेलवाट २९ अंक छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१