पहिरनका कारण थुप्रै पटक अपठ्यारो झेलेकी गायिका रिटा ओराले त्यस्ता घटनाले चिन्ता नलाग्ने बताएकी छन्। उनले आफूले लगाउने गरेका पहिरनसँग आफूले सधै सहज अनुभव गर्ने गरेको बताइन्।
उनले भनिन्, ‘त्यो रमाइलो घटना हो।मलाई त्यस्तो थुप्रै पटक भएको छ त्यसैले मलाई त्यसबारेमा डराउन छाडेकी छु। जेसुकै होस फेसनमा तपाईले खतरा मोल्नै पर्छ। त्यो खतरा मैले मोले र मलाई त्यसप्रति गर्व छ। सुरुदेखि नै मलाई जे मन लाग्छ त्यहि लगाइरहेकी छु।’
‘यो सबै आफ्ना लागि हो। म जे लगाउँछु म त्यसमा सहज छु’ उनले थपिन्। ‘द सन’ पत्रिकामा उनले यी कुरा बताएकी हुन्। उनले आफूले लगाउने गरेको लुगा ‘ओभर एक्सपोज्ड’ नहोस् भन्ने कुरामा सधै चनाखो रहने गरेको बताइन्।
प्रतिक्रिया