‘प्रधानमन्त्रीज्यू, व्यवसाय चौपट छ– ऋण सहुलियत गरिदिनु पर्‍यो’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ पुष २०७२, शनिबार २०:५५

oli काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)ले भूकम्पपछिको पर्यटन व्यवसाय चौपट बनेको भन्दै ऋण सहुलियत दिन प्रधानमन्त्री केपी शर्मा ओली समक्ष माग गरेका छन् ।
टानका अध्यक्ष चन्द्रप्रसाद रिजालको नेतृत्वमा गएको टान प्रतिनिधि मण्डलले प्रधानमन्त्री समक्ष भेट गरि सो माग राखेका हुन् । उनीहरुले गत बैशाख १२ र २९ गते गएको विनासकारी भूकम्प र त्यस लगत्तै भारतको अघोषित नाकाबन्दीका कारण पर्यटन व्यवसायीहरु ठूलो मारमा परेको भन्दै पर्यटन व्यवसायलाई माथि उठाउन र पर्यटन व्यवसायीहरुको लगानी सुनिश्चित गर्न ऋण सहुलियत प्रदान गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् । उनीहरुले व्यवसायीले राज्यलाई बुझाएको कर र सम्बन्धित एजेन्सिजबाट पर्वतारोहण पदयात्रामा गएका पर्यटकले बुझाएको रोयल्टीको आधारमा उनीहरुलाई सवारी साधान तथा पर्यटकीय उपयोगका सामाग्रीहरुमा कर छुट दिन समेत माग गरेका छन् ।

taan
प्रधानमन्त्री समक्ष बुझाएको २३ बुँदे माग पत्रमा विदेशी पर्यटकहरुले पदयात्रा गर्ने नेपालका सबै क्षेत्रहरुमा, नेपाल पर्वतारोहण संघ तथा पर्यटन विभागबाट लिइने पिकको परिमट र हेलिकप्टरबाट पदयात्रा क्षेत्रमा जाने सबै पदयात्रीहरुको लागि छुट्टै पहेलो रङ्गको टिम्सकार्ड जारी गर्ने भनिएता पनि यो व्यवस्थालाई कार्यान्वयनमा ल्याउन नसकिएको भन्दै यसको लागि शिघ्र पहल गर्नु पर्नेमा जोड दिइएको छ । साथै, टिम्सको वितरण प्राणालीलाई समय सापेक्ष अनलाई मार्फत वितरणको व्यवस्था गर्नु पर्नेमा पनि जोड दिइएको छ । त्यस्तै, हाल नेपाल सरकारद्वारा निषेधित क्षेत्र भनि घोषणा गरिएका पदयात्रामा एकजना पर्यटक मात्र भएपनि पदयात्रा अनुमति पत्र प्रदान गर्ने व्यवस्थालाई यथाशिघ्र सम्बोधन गरिदिनको लागि पनि अपील गरिएको छ । यसका साथ, पदयात्रामा जाने पर्यटकहरुलाई लिइने महंगो शुल्क, विमानस्थल प्रवेशका लागि व्यवसायीहरुलाई पासको उचित व्यवस्थापन, पर्यटन क्षेत्रमा जारी यातायात सिन्डिकेट व्यवस्था हटाउन, आयकर एवं भ्याट छुट सम्बन्धमा, सम्पर्क अधिकृतको सम्बन्धमालगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । व्यवसायीहरुको ध्यानकर्षणपछि प्रधानमन्त्री ओलीले व्यवसायीको समस्या बुझेको भन्दै आफू यस विषयमा सकारात्मक रहेको प्रतिकृया दिएको टानका प्रथम उपाध्यक्ष तेजबहादुर गुरुङले बताए । पर्यटनन्यूजबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१