ओठ फुटेर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस् (टिप्स)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ पुष २०७२, शनिबार १८:४४

otha

ओठ फुटेर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस् (टिप्स)
 
ओठ सुन्दरताको प्रतीक हो । अझ युवतीहरुका लागि त यो बरदान नै मानिन्छ । जो कसैको नजर पनि सुरुमै मुहारमा पर्ने र त्यसमा पनि ओठ झट्टै देखिने भएकाले पनि यसलाई जतिसक्दो हेरचाह गर्ने गर्नुपर्छ ।
 
धेरैलाई ओठ फुट्ने समस्याले पिरोलेको हुन्छ । यदि तपाईलाई पनि यस्तो समस्या छन् भने यो सामग्री खुराक बन्न सक्छ ।
 
१. दैनिक करिब ८ गिलास पानी पिउने गर्नुहोस् ।
 
२. ओठमा कैयौं निर्जीव वा मरेका सेलहरु जमेका हुन्छन् । बेला बेलामा मुलायम र गुणस्तरीय टुथ ब्रसले ओठ सफा गर्ने गर्नुहोस् ।
 
जैतूनको तेल (ओलिभ आयल) र चिनीको पेस्ट बनाएर ओठमा लगाउनाले पनि ओठ फुट्ने समस्या समाधान हुनसक्छ ।
 
३. यदी तपाईं लिपिस्टिक लगाउनुहुन्छ भने लिपिस्टिक लगाउनुभन्दा पहिले मोइस्चाराइजर अनिवार्य प्रयोग गर्ने गर्नुहोस् ।
 
४. तपाईंको ओठले लिप बाम सहँदैन भने ओठमा नरिवल, जैतून अथवा बदामको तेल लगाउनुहोस् । रातमा सुत्ने बेलामा लगाएर सुत्दा उपयुक्त हुनसक्छ ।
 
५. यदी तपाईं ओठ चपाउने वा टोक्ने गर्नुहुन्छ भने यस्तो बानी तत्काल छाड्नुहोस् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१