संजयलाई मध्यपश्चिम खेलकुद बिकाश क्षत्रले नागरिक अभिनन्दन गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ पुष २०७२, शनिबार १८:११

12399252_10208626524679741_65003999_nकाठमाडौँ |  कृतिमानी बिश्व पर्वतारोही एबम लामो दुरीका धाबक संजय पण्डितलाई मध्य पश्चिम खेलकुद बिकाश समितिले नागरिक अभिनन्दन सहित सम्मान गर्ने भएको छ | पण्डितले साहशिक खेलकुद पर्वतारोहण अनि दौडको माध्यमबाट बिश्व सामु नेपाल अनि आफु जन्मेको क्षत्रलाई संसार भर चिनाएको हुनाले यो नागरिक अभिनन्दनको हकदार भएको कुरा मध्य पश्चिमका अध्यक्ष भिम ओलीले जानकारी दिनु भयो | प्राण घातक हिमाल मनास्लु ,जापानको सर्बोच्च शिखर फुजी ,बिश्वको सर्बोच्च शिखर सगरमाथा सहित अन्य अफ्रीका ,युरोप ,अस्ट्रेलिया ,अमेरिका लगायतका सर्बोच्च शिखरहरुको सफलता पुर्बक आरोहण सम्पन्न गरिसकेका पण्डित बिजुवार ,प्युठानका बासिन्दा हुन् |उनले यूरोपको सर्बोच्च शिखर एल्ब्रुसको टाकुरोमा ६ मिनेट अर्धनागिएर , अफ्रिकाको उच्च सिखर मण्डर क्याम देखि शिखर सम्म गत वर्ष ६ घण्टा १३ मिनेटमा आरोहण गर्दै तीब्र गतिको आरोहीको रुपमा ,जापान तथा अमेरिकाको सर्बोच्च सिखरमा नेपाली दौरा सुरुवालमा सजिएर राष्ट्रिय गित गाउदै कृतिमानी आरोहण गरिसकेका छन् भने भरखर मात्र अफ्रिकाकै सर्बोच्च शिखर किलिमंजरोमा आधार सिबिर मरान्गु गेट देखि किलिमन्जारो शिखर सम्म नेपाली पोशाक दौरा सुरुवाल ,भादगाउँले टोपी सहित २५ घण्टा ४० मिनेट सम्म निरन्तर उल्टो हिडेर अन्तरास्ट्रिय कृतिमान कायम गरिसकेका छन् | बिश्वकै एक मात्र ज्वालामुखी एबम स्वतन्त्र पर्बतमा यो भन्दा अगाडी कसैले यस्तो प्रकारको कृतिमान कायम गरेको थिएन | उनि आगामी वर्ष सात महादेशीय अन्तर्गतको अन्तिम गन्तब्य अन्ट्राटिकाको विन्सन मशिफ आरोहण गर्ने तयारीमा रहेका छन् | ओलीले भन्नु भयो यस्ता देशका गहनालाई क्षत्रले मात्र होइन देशले नै अभिनन्दन गर्नु पर्छ अनि मात्र सबल नेपालको निर्माण हुन्छ |उनलाई आगामी बैशाखमा नेपालगन्जमा नागरिक अभिनन्दन सहित सम्मान गरिने छ |

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१