यसरी बढिरहेको छ गुप्तांग शल्यक्रियाप्रतिको मोह

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ पुष २०७२, शनिबार १७:३९

Designer vegina

लण्डन । अमेरिकामा पछिल्लो ‘डिजाइनर भेजिना’ शल्यक्रिया गर्नेहरुको संख्या बढिरहेको छ । १६ वर्षका किशोरीहरुदेखि ७० वर्षसम्मका वृद्धाहरु आफ्नो यौन अंगहरुको स्वरुपमा परिवर्तन गर्न कस्मेटिक सर्जरी गर्नेहरुको संख्या बढेको हो ।

स्विमिङ, ट्राउजरलगायतका ड्रेसमा आकर्षक देखिन तथा आफ्नो गुप्तांगलाई आकर्षक बनाउन अधिकांश अमेरिकी महिलामा यस्तो शल्यक्रियाप्रति रुचि बढेको प्लास्टिक सर्जनहरु बताउँछन् । दी अमेरिकन सोसाइटी अफ अथेटिक प्लास्टिक सर्जरी (एएसपीएस) का अनुसार यौनांगको तन्तु हटाउन र पुनः अर्को स्वरुप देखाउने शल्यक्रिया गर्नेको संख्याले पछिल्ला दिनमा रेकर्ड तोडेको छ । एक वर्षमा नै यो संख्या ४९ प्रतिशतले वृद्धि भएको छ ।

लेबियाप्लास्टी समेत भनिने यस शल्यक्रियामा ‘भेजिना’ वरपरको भाग अर्थात् ठूलो ओठ वा अत्यधिक सानो ओठको शल्यक्रिया गरी आकर्षक आकारमा रुपान्तरण गरिन्छ, ताकि महिलाहरु बढी कामुक देखिऊन् । अर्थात्, असन्तुलित आकारको गुप्तांगलाई आकर्षक रुपमा ढाल्नु यो शल्यक्रियाको विशेषता हो ।

यस्तो शल्यक्रियाले बच्चा जन्माउँदा वा उमेर ढल्किँदै जाँदा योनी झोल्लिने समस्याबाट मुक्ति पाउन अर्थात् योनिलाई कसिलो पार्नु पनि यो शल्यक्रियाको उद्देश्य रहेको छ । संस्थाका प्रवक्ता डा. जेनिफर वाल्डेनका अनुसार लेबियोप्लास्टी महिलाहरुमा निकै लोकप्रिय कस्मेटिक शल्यक्रिया हो ।

पछिल्ला केही वर्षमा आफ्नो योनिको आकार मिलाउन अनुरोध गर्दै शल्यक्रिया गर्ने महिलाको संख्यामा उल्लेख्य वृद्धि भएको उनी बताउँछिन् । ‘यसको लोकप्रियता तीव्र रुपमा वृद्धि भएको छ,’ उनी भन्छिन्, ‘यस विधिले कतिपय बिरामीहरुको जीवन परिवर्तन गरिदिएको छ ।’

यसको अतिरिक्त पोर्न तस्बिर र अनलाईनमा नग्न रुपमा देखिने किशोरी तथा महिलाहरुका लागि त यो शल्यक्रिया अपरिहार्य नै बनेको छ । महिलाहरु आफ्ना शरीरका विभिनन अंगहरुमध्ये यौन अंगप्रति अत्यधिक चासो राख्न थालेको यस शल्यक्रियामा संलग्न चिकित्सक बताउँछन् । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१