अचम्मको आविस्कार ! प्लास्टिकबिनाको पानी बोक्न र खान मिल्छ (फोटो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ पुष २०७२, शनिबार १७:२८

लण्डन । प्लास्टिकको बोत्तलको प्रयोग रोक्ने एउटा मात्र उपाय के हुनसक्छ ? त्यस्तो बोत्तलको निर्माण जहाँ प्लास्टिकको प्रयोग नगरी पानीलाई बोक्न र खान योग्य बनाइन्छ ! के यो सम्भव होला ?

अब यो सम्भव भएको छ । पाक शिक्षाबाट प्रभावित भई लण्डनका एक औद्योगिक परियोजनाका विद्यार्थीहरुले ओहो नामको एक वस्तुको उत्पादन गरेका छन् । उनीहरुले भनेका छन्, ‘यो सस्तो, बलियो, जिवाणुले नष्ट गर्न नसक्ने र खानायोग्य छ ।’

यस्तो भाँडोले देखिनेभन्दा दोब्बर पानी संचित गरेको हुन्छ । यसको बाहिर सुष्म आवरण ‘स्फेरिफिकेसन’ नामक पद्धतिबाट तयारी गरिरहेको हुन्छ । जुन पद्धतिले तरल पदार्थलाई तरल पदार्थलाई एउटा आवरण यसैमा दिएर निश्चित गराउने काम गर्दछ जसले गर्दा पानी पनि निश्चित सीमामा बाँधिएर एउटा ठूलो थोपा वा डल्लाको रुपमा रहन्छ ।

तस्बिरमा हेर्नुहोस्

Ooho water (4)यो अण्डाको भित्री भागजस्तै हुन्छ जहाँ अण्डालाई पनि बाहिरी सतहबाट एउटा तहले सीमित गरिरहेको हुन्छ । यो तयार गर्नी क्रममा सुरुमा पानीलाई आवश्यक आकारमा जमाइन्छ र बाहिरी सतहमा त्इो तहले बाँढिन्छ जुन खानयोग्य हुन्छ ।

त्यसो त, ओहो प्रयोगका चुनौतीहरु पनि छन् जस्तो कि यो बोकेर हिंड्न अलि कठिनाइ हुन्छ भने लेयरलाई सफा राख्न मुस्किल हुन्छ । मुख धुन वा केही वस्तु पखाल्नको लागि यो त्यती उपयोगी नहुने हुँदा ग्राहकहरु बाध्य भएर प्लास्टिक बोत्तल नै बोक्न बाध्य छन् ।

हेर्नुहोस् भिडियो

Ooho water (3)Ooho water (1)

Ooho water (5)

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१