सानो बजेटमा बनेका तर यस वर्ष धेरै कमाउने १० बलिउड फिल्म

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ पुष २०७२, शनिबार ०७:०१

सन् २०१५ मा बलिउडमा केहि फरक नतिजाहरु देखा परे। बलिउडमा ‘तमाशा’, ‘शानदार’ तथा ‘फ्यान्टम’ जस्ता ठूला बजेटका फिल्मले वक्सअफिसमा कुनै कमाल देखाउन सकेनन् र फ्लप भए भने अर्को तर्फ सानो बजेटमा बनेका केहि फिल्महरुले आशा गरेभन्दा धेरै चले। यसरी आशा गरेभन्दा धेरै चलेका १० बलिउड फिल्मको सूचि यस्तो छ:

हेट स्टोरी: १३.२ करोड भारूमा बनेको विशाल पान्ड्या निर्देशित फिल्मले लगानी गरेभन्दा तीन गुना धेरै अर्थात ५४ करोड भारू कमाउन सफल रह्यो।

किस किसको प्यार करूँ: कमेडी नाइट्स बीथ कपिलका संचालक कपिल शर्माले डेब्यू गरेको फिल्म ११ करोड भारूमा निर्माण भएको थियो। फिल्मले बक्सअफिसमा करिब ४६.२५ करोड भारू कमायो।

प्यारका पन्चनामा २: १८ करोडको लागतमा बनेको फिल्मले ६२ करोड कमायो। अघिल्लो सिक्वलको सफलताको क्रेडिट पनि फिल्मको व्यापारका लागि सहयोगी सावित भयो।

तनु विड् मनु रिटन्स:  तनु विडस मनुको सिक्वलले रहेको फिल्म ३१ करोड भारूको लागतमा बनेको थियो। कंगना रनावतले दोहोरो भूमिकामा अभिनय गरेको फिल्मले झण्डै १५२ करोड भारू कमायो।

पिकू: अमिताभ बच्चन, दिपिका पादुकोण इरफान खान अभिनित फिल्मले समिक्षकिय तारिफसँगै वक्सअफिसमा करिब ८० करोड पैसा संकलन गर्‍यो। फिल्मको लागत बजेट ३५ करोड भारूमा बनेको थियो।

बदलापुर: श्रीराम राघवनको निर्देशनमा तयार भएको रिभेन्ज स्टोरी रहेको फिल्म करिब २५ करोडमा निर्माण गरिएको थियो। बरूण धवन तथा नवाजउद्दिनको मूख्य भूमिका रहेको फिल्मले ५१ करोड रूपयाँको व्यापार गरेको थियो।

दम लगाके हैसा: यसराज फिल्मसले १५ करोडको लागतमा बनाएको फिल्म ३० करोड कमाउन सफल भयो।

तलवार: मेघना गुलजारको निर्देशनमा तयार भएको फिल्मले करिब २८.२ करोड कमायो। २२ करोडको लागतमा बनेको फिल्म भारतमा घटेको आरूषी हत्याकान्डमा आधारित थियो।

हन्टर: यौन विषयमा केन्द्रित राधिका आप्टे तथा गुलशन देवैयाको मुख्य अभिनय रहेको फिल्म पाँच करोड भारूमा तयार भएको थियो फिल्मले करिब १४ करोड भारू कमायो। सेतोपाटि बाट

प्रतिक्रिया